पर्यटकीय गाउँ घनपोखरा : ग्रामीण पर्यटन विकासका सम्भावना र चुनौतीहरु

Authors

DOI:

https://doi.org/10.3126/ps.v24i1.92782

Keywords:

घनपोखरा, पर्यटन, विकास, सम्भावना, चुनौती

Abstract

लमजुङ जिल्लाको घनपोखरा सांस्कृतिक, पर्यापर्यटन र धार्मिक स्थलका रुपमा परिचित छ । यस जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. १ मा रहेको घनपोखरा गाउँमा ग्रामीण पर्यटन विकासका सम्भावनाहरूको पहिचान गर्नु, घनपोखरा गाउँमा पर्यटन विकासमा देखिएका सामाजिक, आर्थिक र संरचनागत चुनौतीहरूको विश्लेषण गर्नुमा केन्द्रित रहेको छ । वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धान ढाँचा तथा गुणात्मक अनुसन्धान विधि र उद्देश्यमूलक नमुना छनोटमा आधारमा यो लेख आधारित छ । प्राथमिक स्थलगत अवलोकन, वडाका जनप्रतिनिधि, पदाधिकारी, होमस्टे तथा पर्यटन व्यवसायी, स्थानीय शिक्षक, कर्मचारी एवम् स्थानीय बुद्धिजीवी, राजनीतिक कार्यकर्तासँग अन्तवार्ता तथा औपचारिक एवम् अनौपचारिक छलफल गरी आवश्यक सूचना तथा तथ्याड्ढहरु संकलन गरिएको छ । द्वितीय तथ्याङ्कका स्रोत सामग्रीका रुपमा लेख, प्रतिवेदन, समाचार प्रयोग गरिएको छ । यस ठाउँमा रहेको प्राकृतिक सौन्र्दयता, गुरुङ संस्कृति, मनोरम दृश्य, स्थानीय उत्पादन र व्यवस्थापनका नवीन तरिकाका साथै सामाजिक सद्भाव र एकताका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित बनेका छन् । तापनि पूर्वाधारको अभाव, व्यवसायमा युवा जनशक्तिको कमी, अतिआवश्यक पर्यटकीय पूर्वाधारहरुको विकास र दीगो व्यवस्थापन गर्न नसक्दा अपेक्षित रुपमा ग्रामीण पर्यटनको विकास हुन सकेको छैन । यी समस्याहरुको समाधान गर्न सकेमा यस क्षेत्र दिगो पर्यटकको केन्द्र बन्न सक्ने निष्कर्ष यस लेखले उजागर गरेको छ । यो लेख आगामी दिनमा पर्यटकीय गाउँ घनपोखराको बारेमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धाता र पाठकका लागि पनि उपयोगी हुनेछ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
8

Author Biography

Saroj Raj Panta, Dhawalagiri Multiple Campus, Tribhuvan University

Saroj Raj Panta (https://orcid.org/0000-0002-5745-6100) is a PhD scholar and works as a teaching assistant at the Sociology and Anthropology department of Dhawalagiri Multiple Campus, Baglung, Tribhuvan University, Nepal. Apart from his teaching duties, he is a prolific writer and writes a dozen books as well as on current issues for journals and the local and national media. Transformation learning, culture, gender, tourism, human wildlife conflict, disaster management, and ethnicity are among his areas of interest. He has received numerous awards, including the Ratna Shrestha Provincial Award, the National Education Award from the Government of Nepal in 2069 BS, the Hari Laxmi Narayan Prasad Memorial Journalism Award, and the District Education Prize.

Downloads

Published

2026-04-15

How to Cite

Panta, S. R. (2026). पर्यटकीय गाउँ घनपोखरा : ग्रामीण पर्यटन विकासका सम्भावना र चुनौतीहरु. Pragnya Sarathi , 24(1), 173–187. https://doi.org/10.3126/ps.v24i1.92782

Issue

Section

Articles