पाल्पा स्थित भैरवथान एवम् रोट संस्कृति {Bhairavathan and Rot Culture Located in Palpa}

Authors

  • लोकनाथ Loknath दुलाल Dulal त्रिवि,पद्मकन्या बहुमुखी क्याम्पस

Keywords:

पाल्पास्थित भैरवथान, पूजाउपासना विधि, पूजा सामग्री, भैरवदेवता, रोट संस्कृति, Rot Sanskriti, Bhairabh Devata

Abstract

प्रस्तुत लेख पाल्पा स्थित भैरवदेवता एवम् परम्परादेखि प्रचलनमा रहेको उनलाई रोट चढाउने संस्कृतिका विविध पक्षको विश्लेषणसँग सम्वन्धित छ । नेपालमा दुनियाँमा नपाइने मठमन्दिर, पीठ, देवस्थल, तीर्थस्थल, तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि तथा त्यस्ता मोक्षदायनी पुण्यभूमिसँग सम्वन्धित आह्वान, आसन, पूजासम्मर्पण, वस्तुभाउ, चिजवीज, सरसामग्री अर्पण, जपतपजस्ता सांस्कृतिक परम्पराहरू प्रसस्त पाइन्छन् । यी संसारमा नेपालको मौलिक पहिचान स्थापितगर्ने पुण्यस्थल एवम्लोककृत्य हुन्। पाल्पा स्थित भैरवथान यस्ता मोक्षदायनी पुण्यस्थलमध्ये कै एक मानिन्छ । भैरवदेवतालाई रोट चढाउने परम्परा यहाँको विशिष्ट सांस्कृतिक अभ्यास हो । शिवको संहार रूपमध्ये भैरव सबैभन्दा डरलाग्दो मानिन्छ । भैरव नेपालमा लिच्छविकालदेखि पूजाउपासना गरिदै आएका देउता हुन्। मध्यकालमा भने यिनलाई लोकप्रिय देवताकै रुपमा सम्मान अर्पणगर्ने परम्परा थियो । हिजोआज पनि भैरवदेवतालाई उत्तिकै आदरका ससाथ श्रद्धाभक्ति निवेदनगर्ने चलन छ । भैरव पाल्पाली सेनवंशी राजाका इष्टदेवता हुन्। पाल्पाका राजा मुकुन्दसेन प्रथमले यहाँको भैरवथान स्थापना गरेको विश्वास गरिन्छ । यो भैरवथान र भैरवदेवताका विषयमा केही अध्ययनअनुसन्धानभएका छन्। पूजाउपासना विधि र पद्धतिका सन्दर्भमा पनि शोधखोज नभएका होइनन्। रोट चढाउने विशिष्ट परम्पराका विषयमा भने छुट्टै र सूक्ष्मरुपमा अन्वेषण हुनसकेको देखिदैन । पाल्पा स्थित भैरवथानको यो पक्ष ताजा र शोधखोजमूलक विषय मानिन्छ । यो शोधखोजको क्षेत्रमा देखिएको एउटा उल्लेख्य समस्या तथा अभाव हो। अतः यो प्राज्ञिक समस्या सम्वोधनगर्ने उद्धेश्यले प्रस्तुत लेख तयार पारिएको हो । यस लेखमा अनुक्रमका आधारमा भैरवदेवता, पाल्पास्थित भैरवथान, पूजा उपासना परम्परा रोटअर्पण संस्कृति जस्ता विविध पक्षको विवेचनासहित निष्कर्श गरिएको छ ।

Abstract
149
PDF
2

Author Biography

लोकनाथ Loknath दुलाल Dulal, त्रिवि,पद्मकन्या बहुमुखी क्याम्पस

सह–प्राध्यापक, संस्कृति विभाग

Downloads

Published

2019-12-31

How to Cite

पाल्पा स्थित भैरवथान एवम् रोट संस्कृति {Bhairavathan and Rot Culture Located in Palpa}. (2019). Rural Development Journal, 3(1), 84-91. https://doi.org/10.3126/rdj.v3i1.67137

Issue

Section

Articles

How to Cite

पाल्पा स्थित भैरवथान एवम् रोट संस्कृति {Bhairavathan and Rot Culture Located in Palpa}. (2019). Rural Development Journal, 3(1), 84-91. https://doi.org/10.3126/rdj.v3i1.67137