भोक र भित्ताहरू उपन्यासको समाजभाषिक अध्ययन {A Sociolinguistic Study of the Novel Hunger and the Walls}

Authors

  • विमला Bimala मिश्र Mishra Mahendraratna Multiple Campus, Ilam महेन्द्ररत्न बहुमुखी क्याम्पस,इलाम

DOI:

https://doi.org/10.3126/rj.v8i1.61278

Keywords:

सामाजिक भाषाविज्ञान, वर्ग, लिङ्ग, उमेर, शिक्षा

Abstract

समाज र भाषाबिचको अन्तरसम्बन्धलाई केलाउने र सामाजिक सम्बन्धका आधारमा भाषाको अध्ययन गर्ने सामाजिक भाषाविज्ञान प्रायोगिक भाषाविज्ञानको नवीन शाखा हो । सामाजिक भाषाविज्ञानको अध्ययन क्षेत्र व्यापक रहेको छ । यस अध्ययनमा समाज भाषाविज्ञानको संक्षिप्त विश्लेषण र सैद्धान्तिक आधार, वर्ग, लिङ्ग, उमेर र शैक्षिक अवस्थाको आधारमा ‘भोक र भित्ताहरू’उपन्यासको पात्रले प्रयोग गर्ने भाषाको समाजभाषिक विश्लेषण गरिएको छ । दौलतविक्रम विष्टद्वारा लिखित ‘भोक र भित्ताहरू’उपन्यास एक सामाजिक उपन्यास हो । यस उपन्यासमा नेपालको पहाडी दुर्गम क्षेत्र र तत्कालिन अवस्थाको काठमाडौं उपत्यकाका मुख्य रूपमा शङखमुल नजिकको परिवेश तथा गरिबीको दलदलमा फसेको यथार्थ चित्रण छ । समाजका शोषक सामन्तले तल्ला वर्गका परिश्रमी, सोझासिधा व्यक्तिलाई गरेको शोषण,थिचोमिचो, बलात्कारजस्ता घटनाको यथार्थ चित्रण गर्नु यस उपन्यासको उद्देश्य रहेको छ ।‘भोक र भित्ताहरू’ उपन्यासका पात्रहरू वर्गीय आधारमा उच्च र निम्न रहेका छन्।लैङ्गिक आधारमा उपन्यासलाई महिला र पुरूषगरी वर्गीकरण गरिएको छ जसमा पुरूष पात्र बढी रहेका छन्। उमेरका आधारमा उपन्यासका पात्रहरू बाल, युवा, प्रौढ गरी वर्गीकरण गरिएको छ भने वृद्ध पात्र छैनन्। शैक्षिक आधारमा पात्रहरूलाई शिक्षित र अशिक्षित गरी विभाजन गरिएको छ । शिक्षित पात्रको तुलनामा अशिक्षित पात्रको संख्या बढी रहेको छ । प्रस्तुत लेख तयार पार्न प्राथमिक तथा द्वितीयक स्रोतका सामाग्रीहरू पुस्तकालय अध्ययन विधिबाट सङ्कलन गरिएको छ । यस लेखमा ‘भोक र भित्ताहरू‘ उपन्यासमा प्रयुक्त पात्रका आधारमा समाजका विभिन्न वर्गले प्रयोग गर्ने भाषिक रूपको जानकारी प्राप्तभएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
24

Author Biography

विमला Bimala मिश्र Mishra, Mahendraratna Multiple Campus, Ilam महेन्द्ररत्न बहुमुखी क्याम्पस,इलाम

शिक्षण सहायक, नेपाली शिक्षा

Downloads

Published

2023-12-31

How to Cite

मिश्र Mishra व. B. (2023). भोक र भित्ताहरू उपन्यासको समाजभाषिक अध्ययन {A Sociolinguistic Study of the Novel Hunger and the Walls}. Research Journal, 8(1), 153–169. https://doi.org/10.3126/rj.v8i1.61278

Issue

Section

Articles