प्रारम्भिक बालविकास केन्द्रमा कक्षा व्यवस्थापन

Authors

  • Gangaram Poudel Department of Education, Mahendra Ratna Multiple Campus, Ilam

Keywords:

बालविकास, प्रारम्भिक व्यवस्थापन, वालकक्षा निरीक्षण, अनुगमन

Abstract

यस लेखको उद्देश्य प्रारम्भिक बालविकास केन्द्रको कक्षा व्यवस्थापको वर्तमान अवस्था र समस्याहरु पत्ता लगाई समस्या समाधानका उपायहरुको खोजी गर्नु रहेको छ । निर्धारित उद्देश्य पुरा गर्नको लागि इलाम जिल्ला फाकफोकथुम गाउपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत रहेका दुई सामुदायिक विद्यालय श्री सिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालित वालविकास केन्द्र र सोही गाउँपालिकाको श्री जनकल्याण मा.वि.को वालविकास केन्द्र र श्री जानकी मा. वि. मा सञ्चालित बालविकास केन्द्र गरी तीनवटा बालविकास केन्द्रहरुलाई अध्ययनको लागि छनौट गरिएको छ । नमूना छनौटको विधि अनुसार उक्त तीनवटा वालविकास केन्द्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, वालविकासका शिक्षक, अभिभावक र विद्यार्थी छनोट गरी अवलोकन फारम, अन्तरवार्ता, अनुसूची, अभिलेख अध्ययन, प्रत्यक्ष भेटघाट, कुराकानी र छलफल आदिको माध्यमबाट प्राप्त भएका सूचना तथा तथ्याङ्गहरुलाई संकलन गरी व्याख्या र विश्लेषण गरिएको छ ।
यस लेखका लागि छनौट भएका वालविकास केन्द्रहरुको वर्तमान अवस्थाको पहिचान गर्दा सुविधायुक्त भौतिक पूर्वाधारको अभाव रहेको छ । केन्द्रमा खानेपानीको अभाव, कम उमेरका विद्यार्थी आउने, आधुनिक शैक्षिक सामग्रीको प्रयोगको अवस्था न्यून, पाठ्यक्रम, पाठ्यपुस्तक र सहायक सामग्री अभाव भएको, बालविकासका शिक्षकहरुको पेसा सुरक्षित नभएको गुनासो, प्रभावकारी निरीक्षण तथा अनुगमनको अभाव, खेलमैदानको अभाव, अर्थिक समस्याहरु रहेका छन् । बालविकास केन्द्रमा देखिएका विविध समस्याहरु समाधान गर्नको लागि वालविकास केन्द्रका प्रधानाध्यपक, बालविकास शिक्षक, वि.व्य.स. हरुले स्थानीय निकायमा, राष्ट्रिय रुपमा समाधान गर्न खोजेपनि पर्याप्त देखिएको छैन । आमा समूह, विभिन्न क्लवहरू, चन्दादाता, समाजसेवीहरुको सहयोग लिएर, योजनावद्ध ढङ्गले अघि बढेर विद्यमान समस्याहरुको समाधान गर्दै जाने नीति अवलम्वन गर्न सके गुणस्तरीय र नमुना वाल–विकास केन्द्र बनाउन सकिने देखिन्छ । लेखले अवलम्वन गरेको निष्कर्ष र सुझाव सम्बन्धित निकायहकले अनुसरण गर्न सके बालविकासको सिकाइम सुधार आउने देखिन्छ ।
वालकक्षा सञ्चालनमा सरारोकारवाला पक्षहरुलाई सहभागि गराइ, विविध कार्यकम गर्नु पर्ने देखिन्छ । शैक्षिक सामग्रीको आपूर्ति गर्नु पर्ने, शिक्षकहरुलाई सेवा प्रदेश तालिम पुनरताजकी तालिमको व्यवस्था गर्दै नमुनायोग्य बालविकास केन्द्रको भ्रमण गराउने, वालविकासका शिक्षकहरुको मनोवल उच्च राख्दै पेशाको सुनिश्चिन्तता प्रदान गर्नु पर्ने साथै शिक्षा मन्त्रालयले नीतिगत तहमा सुधार गरी न्यायोचित तरिकाले सुविधा बढाउनु पर्ने र उपयुक्त कार्य गर्नेलाई पुरस्कारको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

Abstract
66
PDF
1

Downloads

Published

2025-12-31

How to Cite

प्रारम्भिक बालविकास केन्द्रमा कक्षा व्यवस्थापन. (2025). Research Journal, 10(1), 158-170. https://doi.org/10.3126/rj.v10i1.92976

Issue

Section

Articles

How to Cite

प्रारम्भिक बालविकास केन्द्रमा कक्षा व्यवस्थापन. (2025). Research Journal, 10(1), 158-170. https://doi.org/10.3126/rj.v10i1.92976