‘अदृश्य जुकाहरू’ कथामा लैङ्गिक प्रभुत्व
DOI:
https://doi.org/10.3126/rj.v10i1.92978Keywords:
लैङ्गिक, प्रभुत्व, पितृसत्ता, प्रतिरोध, पहिचानAbstract
प्रस्तुत अध्ययनमा साधना प्रतीक्षाको ‘अदृश्य जुकाहरू’ कथामा अभिव्यक्त लैङ्गिक प्रभुत्वको निरूपण गरिएको छ । लैङ्गिक प्रभुत्वको प्रक्रिया र अवस्था यस कथाका अनुसन्धेय पक्ष हुन् । यही अनुसन्धेय पक्षका पृष्ठभूमिमा विश्लेष्य कथामा लैङ्गिक प्रभुत्वको प्रक्रिया निरूपण तथा लैङ्गिक प्रभुत्वको अवस्था पहिचान यस अध्ययनका उद्देश्य बन्न पुगेका छन् । सोद्देश्य नमुना छनोट विधिको प्रयोग गरी पाठगत तथ्याङ्क सङ्कलन गरेर लैङ्गिक प्रभुत्वको सैद्धान्तिक मान्यताका आधारमा विश्लेषणको मानदण्ड चयन गरी कथाको विश्लेषण गरिएको छ । प्रभुत्व निर्माणको प्रक्रिया, प्रभुत्वको अवस्था तथा प्रभुत्व र प्रतिप्रभुत्वका बिचको द्वन्द्वलाई कथाविश्लेषणको आधारका रूपमा प्रयोग गरी विश्लेष्य कथामा लैङ्गिक प्रभुत्वको प्रक्रिया र अवस्था अनुशीलन गरिएको छ । यसमा पितृसत्तालाई लैङ्गिक प्रभुत्वको कारणका रूपमा चिनाइएको छ । प्रस्तुत लेखमा पितृसत्ताको प्रभुत्वमा परी नेपाली समाजमा लैङ्गिक प्रतिरोध गतिशील बन्न नसक्दा एकातिर पुरुषको शोषण र दमनबाट प्रताडित नारीहरूले अधीनस्थ जीवन बिताउन बाध्य बन्नुपरेको, अर्कातिर उनीहरूको अस्मिता र पहिचान सङ्कटग्रस्त बन्न पुगेको निष्कर्ष निकालिएको छ ।