स्व उपन्यासमा बौद्धदर्शन

Authors

  • अम्बिका अर्याल नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि.

Keywords:

अनिर्वचनीय, निर्वाण, मध्यम मार्ग, योगाचार, सम्यक्

Abstract

प्रस्तुत लेखमा सरस्वती प्रतीक्षाको ‘स्व’ (२०८१) उपन्यासमा अभिव्यक्त बौद्धदर्शनसम्बन्धी अवधारणाको निरूपण गरिएको छ । बौद्धदर्शन सिद्धार्थ गौतम वा गौतम बुद्धको अवधारणा हो । यो मूलतः निर्वाणलाई जीवनको चरमलक्ष्य मान्ने, नित्य आत्मा नमान्ने, वेदलाई प्रमाण नमान्ने अनिश्वरवादी दर्शन हो । यो मूलतः चार आर्यसत्यमा केन्द्रित छ । यस लेखमा बौद्धदर्शनसँग सम्बद्ध एवम् विश्लेष्य उपन्यास र यससँग सम्बद्ध प्राथमिक तथा द्वितीयक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । बौद्धदर्शनले अघि सारेका सिद्धान्तका सापेक्षमा कृतिको विश्लेषण गरिएको हुँदा यसमा निगमनात्मक पद्धतिको प्रयोग गरिएको छ भने सामग्रीको विश्लेषणका लागि बौद्धदर्शनमा उल्लेख गरिएका चार आर्यसत्य तथा अनित्यवाद, मध्यम मार्ग, पञ्चशील, सन्देह, अनिश्वरवाद र मार्गदर्शन, एवम् निर्वाणसम्बन्धी अवधारणालाई मात्र आधार बनाइएको छ । यही अवधारणाबाट प्रेरित पात्रहरू र तिनले निर्वाणका यात्रामा गरेका विभिन्न किसिमका सङ्घर्ष एवम् ज्ञानलाई मूल रूपमा प्रतीक्षाको उपन्यासमा स्थान दिइएको छ । यसको प्रमुख पात्र सप्तम नै स्वको खोजीमा लागेको छ । विभिन्न उपकथाहरू लिएर आएका सहायक पात्रहरू समेत बुद्धको ज्ञानबाट प्रेरित भई दुःख निवारणका मार्गमा बौद्धमार्गी बन्न पुगेका छन् । स्वको खोजी, दुःखको निवारणको मार्ग तथा निर्वाणको यात्रामा होमिएका पात्रहरूको मानसिकता, व्यवहार एवम् क्रियाकलापका माध्यमबाट बौद्धदर्शनसम्बन्धी अवधारणालाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । दुःखको कारक र त्यसबाट बच्ने उपायको खोजीका साथै हरेक व्यक्तिले आफू को हो भन्ने स्वत्वबोधको मार्ग पहिचान्नु आवश्यक रहेको तथ्यलाई यस उपन्यासले मूल विषय बनाएको हुनाले प्रस्तुत उपन्यासमा बौद्धदर्शनसम्बन्धी चिन्तन पाइने निष्कर्ष यस लेखको रहेको छ ।

Abstract
178
PDF
0

Author Biography

अम्बिका अर्याल, नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि.

उपप्राध्यापक

Downloads

Published

2024-11-22

How to Cite

स्व उपन्यासमा बौद्धदर्शन. (2024). Research Journal of Padmakanya Multiple Campus, 3(1), 1-8. https://doi.org/10.3126/rjpkmc.v3i1.71889

Issue

Section

Articles

How to Cite

स्व उपन्यासमा बौद्धदर्शन. (2024). Research Journal of Padmakanya Multiple Campus, 3(1), 1-8. https://doi.org/10.3126/rjpkmc.v3i1.71889