प्रश्नहरूको कारखाना कविता सङ्ग्रहमा नारीविद्रोह {Women's Rebellion in the Questions Factory Poetry Collection}

Authors

  • अमृता Amrita शर्मा Sharma नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/rrij.v4i4.62768

Keywords:

श्रमशक्ति, लैङ्गिक श्रमविभाजन, पितृसत्ता, उत्पादनव्यवस्था, Shramshakti, Laingik, Pitrisatta, utpadanbyabastha

Abstract

प्रस्तुत लेखमा सरिता तिवारीको ‘प्रश्नहरूको कारखाना’ (२०७२) कवितासङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीविद्रोहका विविध आयामहरूको विश्लेषण गरिएको छ । ‘प्रश्नहरूको कारखाना’ कवितासङ्ग्रहमा अन्य विषयका अतिरिक्त वर्तमान नेपाली समाजमा रहेको पुँजीवाद र यसैसँग गठजोड गरिरहेका सामन्तवाद र पितृसत्तात्मक व्यवस्थाले नारीहरूमाथि आर्थिक, सामाजिक र सांस्कृतिक आधारमा विभिन्न शोषण र उत्पीडन गरेको यथार्थलाई देखाउँदै तीविरुद्ध विद्रोही चेतनाको अभिव्यक्ति भएको छ । यस कवितासङ्ग्रहका नारीकेन्द्री कवितामा वर्तमान नेपाली नारीहरू पितृसत्तात्मक सामन्तवादी र पुँजीवादी उत्पादनव्यवस्थाद्वारा परिवार, समाज, राज्य र विश्वव्यवस्थाकै तहबाट अन्तर्संरचित र व्यवस्थित भएको उत्पीडनबाट प्रताडित भएको चिन्तन प्रस्तुत भएको छ । यस सङ्ग्रहका नारीविषयक कवितामा नेपाली नारीमाथि भएका विविध शोषणका स्वरूपबाट मुक्तिका लागि नारीहरूकै नेतृत्वमा सङ्गठित र प्रतिबद्ध सङ्घर्षको आवश्यकतालाई देखाइएको छ । नेपाली समाजको लैङ्गिक उत्पीडनकारी व्यवस्था अन्त्य गर्नका लागि गरिनेसङ्घर्ष राजनीतिक र सामाजिक दुवै तहबाट गरिनुपर्ने विचार यी कविताहरूमा व्यक्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
10

Downloads

Published

2023-12-31

How to Cite

शर्मा Sharma अ. A. (2023). प्रश्नहरूको कारखाना कविता सङ्ग्रहमा नारीविद्रोह {Women’s Rebellion in the Questions Factory Poetry Collection}. RR Interdisciplinary Journal, 4(4), 1–15. https://doi.org/10.3126/rrij.v4i4.62768

Issue

Section

Articles