प्रगतिवादी नेपाली कथाका नारीपात्रहरूमा अनुभूतिको संरचना {On female characters in progressive Nepali fiction Structure of cognition}

Authors

  • विदुला Bidula घिमिरे Ghimire त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

DOI:

https://doi.org/10.3126/rrij.v4i4.62781

Keywords:

रूपान्तरण, प्रगतिवाद, अनुभूतिको संरचना, प्रभुत्व, लैङ्गिक अधीनस्थता, उदीयमान चेत

Abstract

प्रस्तुत लेख प्रगतिवादी नेपाली कथाका नारी पात्रहरूमा अनुभूतिको संरचनाले केकस्तोस्वरूपमा र कसरी अभिव्यक्ति पाएका छन्भन्ने प्राज्ञिक जिज्ञासाको समाधानमा केन्द्रित छ । समाजशास्त्रीय कोणबाट प्रगतिवादी नेपाली कथाको वर्गीय परिप्रेक्ष्यमा केही अध्ययन भए पनि अनुभूतिको संरचनालाई आधार बनाएर लैङ्गिक संस्कृतिको विशिष्टीकृत अध्ययन भने हालसम्म भएको छैन । अतः यही रिक्ततालाई पुरा गर्ने उद्देश्य प्रस्तुत शोधको रहेको छ । पछिल्लो समयावधिमा प्रकाशित वर्तमान परिप्रेक्ष्यका प्रगतिवादी नेपाली कथालाई मात्र विषयक्षेत्रका रूपमा सीमाङ्कन गर्दै तिनमा पनि उद्देश्यमूलक नमुना छनोट पद्धतिअनुरूप नारीअनुभूतिले सशक्त प्रस्तुति पाएका कथाहरू चयन गरी सामग्री सङ्कलन गरिएको छ । तिनै निर्धारित कथाहरूको अध्ययनार्थ विश्लेषण विधिका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययनमा प्रयुक्त प्रमुख सैद्धान्तिक पद्धतिहरूमध्ये रेमन्ड विलियम्सको अनुभूतिको संरचनासम्बन्धी मान्यतालाई अवलम्बन गरिएको छ र अधीनस्थताका दबाब र तनावजन्य एवम्विद्रोहचेतजन्य अनुभूतिका संरचनासम्बन्धी सैद्धान्तिक अवधारणालाई मुख्य विश्लेष्य ढाँचाका रूपमा उपयोग गरिएको छ । तद्नुरूप गरिएको विश्लेषणका आधारमा समकालीन प्रगतिवादी कथाहरूमा प्रयुक्त नारीपात्रका अनुभूतिका संरचनामा वर्तमान नेपाली समाज पनि लैङ्गिक विभेदले ग्रस्त रहेको र अद्र्धसामन्तवादी संस्कृतिबाट विमुक्त हुन नसकिरहेको यथार्थ उद्घाटन भएको निष्कर्ष निकालिएको छ । लेखको अन्त्यमा लैङ्गिक प्रभुत्वका विरुद्धमा निःसृत प्रतिरोधी चेतजन्य नारीअनुभूतिका संरचनाका आधारमा समाज रूपान्तरणको प्रक्रियालाई पनि सङ्केत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
10

Author Biography

विदुला Bidula घिमिरे Ghimire, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

नेपाली विभाग

Downloads

Published

2023-12-31

How to Cite

घिमिरे Ghimire व. B. (2023). प्रगतिवादी नेपाली कथाका नारीपात्रहरूमा अनुभूतिको संरचना {On female characters in progressive Nepali fiction Structure of cognition}. RR Interdisciplinary Journal, 4(4), 65–78. https://doi.org/10.3126/rrij.v4i4.62781

Issue

Section

Articles