पारिजातको नाटकको चौथो चरण कथामा वर्गसङ्घर्ष {Class Struggle in Parijat's Play Chautho Charan}
DOI:
https://doi.org/10.3126/rrij.v5i5.78926Keywords:
अर्थराजनीति, पुँजीवाद, राज्यसत्ता, श्रमिक वर्ग, सामाजिक न्यायAbstract
प्रस्तुत अनुसन्धानमूलक लेखमा कथाकार पारिजातको नाटकको चौथो चरण कथालाई वर्गसङ्घर्षको दृष्टिकोणबाट विश्लेषण गरिएको छ । यस कथामा एक गरिब किसान नैनबहादुरको जीवर्नसङ्घर्षलाई केन्द्रमा राख्दै सामाजिक, आर्थिक र संस्थागत अवरोधहरूलाई उजागर गर्नमा केन्द्रित विषयको उठान गरिएको छ । माक्र्सवादी सिद्धान्तको परिप्रेक्ष्यमा यो कथा पुँजीवादी व्यवस्थामा श्रमजीवी वर्गले भोग्नुपरेको अन्याय र दमनको वास्तविक दस्तावेज बनेको छ । गुणात्मक अनुसन्धान पद्धतिलाई अवलम्बन गर्दै यस लेखमा पुस्तकालय अनुसन्धान कार्यको प्रयोग गरिएको छ । कथाको पात्र, परिवेश, संरचना र कथात्मक प्रविधिहरूलाई माक्र्सवादी सिद्धान्तको आलोकमा विश्लेषण गरिएको छ । कथामा नैनबहादुरको सङ्घर्षमार्फत अस्पतालको अमानवीय व्यवहार, सरकारी सेवाको सीमित पहुँच र श्रमिक वर्गमाथि हुने संरचनागत दमनलाई सजीव रूपमा प्रस्तुत गरिएको छ । कथा श्रमजीवी समुदायको शोषणलाई तिखो रूपमा चित्रण गर्दै पुँजीवादी व्यवस्थाको निर्ममता उजागर गर्नमा केन्द्रित छ । नैनबहादुरको सङ्घषनेपाली समाजमा वर्गीय संरचनाको असमानता र राज्यसत्ताको असंवेदनशीलतालाई कथामा प्रतिबिम्बित गरिएको छ । कथाले निम्न वर्गका नागरिकहरू कसरी सामाजिक संरचनाले थिचिएका छन् भन्ने कुरालाई स्पष्ट पार्छ । पारिजातको लेखनीले पाठकमा सामाजिक चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकालिएको छ । यस अनुसन्धानमूलक लेखले के देखाउँछ भने नाटकको चौथो चरण कथा नेपाली समाजमा वर्र्गसङ्घर्षको प्रबल उपस्थिति दर्शाउने महत्वपूर्ण कथा हो । नेपाली साहित्यमा वर्गीय अन्यायको अध्ययन गर्न चाहनेहरूका लागि यो लेख एक उपयोगी सन्दर्भ बन्न पुगेको छ ।