नेपालमा जैविक विविधता र प्राकृतिक सम्पदा संरक्षणको सवाल {The Issue of Biodiversity and Natural Resource Conservation in Nepal}
DOI:
https://doi.org/10.3126/rrij.v5i5.78928Keywords:
जैविक विविधता, वन्यजन्तु, पर्यटन, संरक्षण क्षेत्र, दिगो विकासAbstract
नेपालमा जैविक विविधता र प्राकृतिक सम्पदा संरक्षणको लागि भएका प्रयासहरुको अध्ययन तथा जैविक विविधता र प्राकृतिक सम्पदा संरक्षणको क्रममा देखा परेका समस्या एवं चुनौतीहरुको विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । । द्वितीय तथ्याङ्कमा आधारित भएर गुणात्मक रुपमा विश्लेषण गरी प्रस्तुत लेख तयार गरिएको छ । संरक्षित क्षेत्र र वरपरका जैविक विविधता संरक्षणका कारण नेपाल प्राकृतिक सम्पदामा विश्वमै धनी राष्ट्रहरुमध्येमा रहेको देखिन्छ । हिमाल, पहाड र तराई मधेससम्म फैलिएका संरक्षित क्षेत्रहरु नेपालको अद्वितीय प्राकृतिक सम्पदा र गहनाको रुपमा रहेका छन् । प्रकृति संरक्षणको लागि नेपालमा छुट्याइएको भूभागको अन्तर्राष्ट्रिय जगतमा प्रशंसा हुने गरेको देखिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं व्यवहारिक पक्षलाई नजरअन्दाज गर्दै प्रकृति संरक्षण गर्नुपर्ने राज्यको दयित्व देखिएको छ । जनसङ्ख्या र भूगोलको हिसाबले नेपाल मझौला मुलुक भएपनि लोपोन्मुख वन्यजन्तु संरक्षण र जैविक विविधताका हिसाबले विश्वमै अग्रणी रहेको अध्ययनले देखाएको छ । बढ्दो शहरीकरण र औद्योगिकीकरणसँगै प्रकृतिलाई चुनौती दिइरहेको बेला जैविक विविधताको संरक्षणलाई संघ, प्रदेश र स्थानीय सरकारले एकापसमा समन्वय गरी उच्च प्राथमिकतामा राख्न सकेको देखिदैन । पारिस्थितिक प्रणाली व्यवस्थापनमा चुस्तता ल्याउनु एकातर्फ आवश्यक छ भने अर्कोतिर प्रजातिहरु लोप हुने निरन्तर अवस्थालाई रोक्न ठोस कार्यक्रमहरु ल्याउनु जरुरी भएकोले यस अध्ययनको उपादेयता रहेको छ ।