नेपालको राजनीतिमा मदन भण्डारी {Madan Bhandari in Nepali Politics}

Authors

  • Nila Kumari Nepal Tribhuvan University

DOI:

https://doi.org/10.3126/rrij.v5i5.78931

Keywords:

प्रगतिशील, लोकप्रियता, सिर्जनशील, सैद्धान्तिक स्वतन्त्रता

Abstract

प्रस्तुत लेखमा मदन भण्डारीलाई नेपालको वाम, लोकतान्त्रिक आन्दोलनको एक प्रमुख अगुवा र कम्युनिस्ट आन्दोलनको विशिष्ट सिद्धान्तकारको रूपमा किन लिइन्छ भन्ने प्रश्न खडा गरी जनताको बहुदलीय जनवादका प्रजातान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस लेखको उद्देश्य राजनीतिक यात्राको छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाली समाजका निम्ति गरेका योगदानहरूको जानकारी दिनु रहेको छ । यस लेखमा पुस्तकालयीय प्रक्रिया बमोजिम मदन भण्डारीको जनताको बहुदलीय जनवाद लाई प्राथमिक स्रोत सामग्री र यससँग सम्बद्ध कृतिहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूलाई विश्लेषण विधिद्वारा विवेचना गरिएको छ । लोकतन्त्र र सामाजिक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मदन भण्डारी २०४६ सालको संयुक्त जन आन्दोलनका मुख्य संवाहकमध्ये एक रहेका थिए । सिर्जनात्मक सोच र मौलिक चिन्तनका आधारमा उनले वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिइएका थिए । उनैबाट प्रतिपादित जनताको बहुदलीय जनतावादले नेपाली समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । गणतन्त्र र संविधानका सम्बन्धमा उनका मान्यताहरू कति दूरदृष्टियुक्त थिए भन्ने कुरा २०६२÷०६३ सालको परिवर्तन र त्यसपछिको संवैधानिक विकास प्रक्रियाले स्पष्ट पारेका छन् । राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका सम्बन्धमा उनले अगाडि सारेका विचार र लिइएका अडानको सान्दर्भिकता आज पनि उत्तिकै रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
117
PDF
39

Downloads

Published

2024-12-31

How to Cite

Nepal, N. K. (2024). नेपालको राजनीतिमा मदन भण्डारी {Madan Bhandari in Nepali Politics}. RR Interdisciplinary Journal, 5(5), 97–105. https://doi.org/10.3126/rrij.v5i5.78931

Issue

Section

Articles