नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
DOI:
https://doi.org/10.3126/rrij.v5i5.78933Keywords:
दासता, पहिचान, प्रभुत्व, वर्चस्वशाली, वस्तुकरण स्वराङ्कनAbstract
प्रस्तुत लेख नेपाली गीतमा महिला प्रतिनिधित्वसँग सम्बन्धित रहेको छ । नेपाली गीतमा महिलाको प्रतिनिधत्व केकसरी भएको छ भन्ने मूल समस्याको समाधान गर्ने उद्देश्यका लागि यस लेखमा गीतमा भएको महिलाको प्रतिनिधित्वको अवस्था, यसले उत्पादन गरेका अर्थ, त्यसले श्रोतामा पारेको प्रभाव र त्यसको प्रतिरोध जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार सांस्कृतिक अध्ययनअन्तर्गत स्टुआर्ट हलको प्रतिनिधित्व रहेको छ । सत्ताको राजनीतिक सरोकारसम्बद्ध विषय रहँदारहँदै पनि प्रतिनिधित्वको सिद्धान्तलाई अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहज रूपमा अङ्गीकार गरेको छ । समालोचनाका क्षेत्रमा प्रतिनिधित्वले समाजमा किनारीकृत बनाइएका वर्ग, लिङ्ग, जाति, क्षेत्र, भाषा, शारीरिक अवस्था आदिबारे स्रष्टाद्वारा निर्मित विचारधाराका आधारमा पाठको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका केन्द्र र केन्द्रइतरका भाषिक सङ्केत एवम् भाष्यको खोजी गरी तिनको आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । असमान सामाजिक संरचना र त्यसबाट सिर्जित विभेद एवम् पूर्वाग्रह प्रतिबिम्बित नेपाली गीतमा सत्तामा पहुँच नभएकै कारण महिलाको छविमाथि पितृसत्तात्मक चिन्तनले वर्चस्व स्थापित गरेको देखिन्छ । नेपाली गीतमा महिला प्रतिनिधित्वअन्तर्गत यस लेखमा महिलाको वस्तुकरण, परम्परागत भूमिकामा महिला, वर्चस्वशाली पुरुषत्व प्रदर्शन र महिलाको सम्मानित प्रतिनिधित्वका माध्यमबाट पितृसत्तात्मक चिन्तनले नेपाली समाजमा महिलाको आदर्श छवि धमिल्याई महिलाचरित्रको नकारात्मक भाष्य सिर्जना गरेको निष्कर्ष निकालिएको छ ।