राजकुमारी वासवदत्ता खण्डकाव्यमा प्रयुक्त आन्तरिक द्वन्द्व {The Depiction of Internal Conflict in the Cantos of Rajkumari Vasavadatta}
DOI:
https://doi.org/10.3126/rrij.v5i5.78934Keywords:
अस्तित्वबोध, आत्मनिर्णय, द्वन्द्व, प्रणययात्रा, सङ्कटावस्थाAbstract
‘राजकुमारी वासवदत्ता खण्डकाव्यमा प्रयुक्त आन्तरिक द्वन्द्व’ शीर्षकको प्रस्तुत लेख कवि वासुदेव त्रिपाठी (विसं १९९९) ले रचना गरेको राजकुमारी वासवदत्ता काव्यमा प्रयुक्त आन्तरिक द्वन्द्वको विश्लेषणमा आधारित छ । राजकुमारी वासवदत्ता काव्यमा आन्तरिक द्वन्द्वको अभिव्यक्ति के कसरी भएको छ भन्ने जिज्ञासाको प्राज्ञिक विश्लेषणका निम्ति आवश्यक परेका सामग्री पुस्तकालय स्रोतबाट सङ्कलन गरिएको छ । त्यसरी सङ्कलित सामग्रीमध्ये राजकुमारी वासवदत्ता काव्य प्रस्तुत लेखको प्राथमिक सामग्री हो भने त्यसका बारेमा भएका प्राज्ञिक विवेचना तथा द्वन्द्वविधानका सैद्धान्तिक चिन्तनसँग सम्बद्ध ग्रन्थ, लेखादि द्वितीयक सामग्री हुन् । काव्यमा निहित आन्तरिक द्वन्द्वको विश्लेषण गर्नका निम्ति द्वन्द्व सिद्धान्तमा आधारित (क) सकारात्मक सकारात्मक द्वन्द्व, (ख)सकारात्मक नकारात्मक द्वन्द्व र (ग) नकारात्मक सकारात्मक द्वन्द्व शीर्षक भएको विश्लेषणको ढाँचा अवलम्बन गरिएको छ । यही ढाँचाका आधारमा पाठविश्लेषण विधि उपयोग गरी प्रस्तुत काव्यमा प्रयुक्त द्वन्द्वको विश्लेषण गरिएको छ । विश्लेषणबाट काव्यमा सकारात्मक सकारात्मक र सकारात्मक नकारात्मक द्वन्द्वको भूमिका सबल रहेका देखिए पनि काव्यलाई परिणतिमा पु¥याउनका निम्ति सकारात्मक सकारात्मक द्वन्द्वको भूमिका नै प्रमुख रहेको विचार प्रस्तुत गरिएको छ ।