विश्वविद्यालयका प्राध्यापकको पेसागत विकासमा प्राज्ञिक लेखनको प्रभाव {The Impact of Academic Writing on the Professional Development of University Professors}
DOI:
https://doi.org/10.3126/rrij.v5i5.78935Keywords:
अध्ययन, पेसागत विकास, लेखन कर्म, प्रकाशन, वृत्तिविकासAbstract
प्रस्तुत लेख विश्वविद्यालयका प्राध्यापकको पेसागत विकासमा प्राज्ञिक लेखनले पारेको प्रभावका विषयमा केन्द्रित छ । उक्त सन्दर्भमा विश्वविद्यालयका प्राध्यापकको वृत्ति तथा पेसागत विकासमा प्राज्ञिक कर्मले पारेका प्रभावको विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । इन्टरप्रेटिभिज्म प्रतिमानअन्तर्गत व्याख्यात्मक अनुसन्धान ढाँचामा आधारित अध्ययन भएकाले असम्भाव्यमूलक नमुना छनोटका आधारमा क्षेत्रगत नमुना छनोट (cluster) विधिका आधारमा बहुवैकल्पिक प्रश्नावलीको प्रयोग गरी तथ्याङक सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कलाई उद्देश्यअनुरूप वर्गीकरण गरी विभिन्न उपशीर्षकका सहायताले विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट प्राध्यापकका कार्यको प्रकृति चाहिँ विशिष्टीकृत हुन बाँकी रहेको अवस्था पत्ता लागेको छ । साथै प्राज्ञिक लेखनका कार्यको प्रकृतिको बढी अभ्यास हुनुपर्नेमा बढी सामान्य प्रकृतिका लेखनमा प्राध्यापकहरू उद्यत रहेका पाइन्छन् । उनीहरूले लेखेका सामग्रीले शिक्षण प्रविधि, नवप्रवर्तन तथा ती सबै पक्षमा योगदान गरिरहेको स्थिति देखिन्छ । त्यसका साथै प्राज्ञिक लेखनले प्राध्यापकको ज्ञान, चिन्तन, चेतना तथा शिक्षण विधि र प्रविधिको विकासमा बढी मदत गरेको पाइएको छ । प्राध्यापकले आफ्नो पेसागत चरित्रको विकास र उत्थानका लागि आफ्नो ज्ञान, सूचना, प्रविधिमा अद्यावधिक हुने विषयमा बढी सक्रियता देखाएको पाइएको छ । साथै प्राज्ञिक लेखनको कर्मले प्राध्यापकको लेखन कार्यमा प्रत्यक्ष प्रभाव पारेकाले उनीहरूको लेखन पक्ष सशक्त बन्ने सङ्केत गरिएको छ । तसर्थ प्राध्यापकको पेसागत तथा वृत्तिविकासमा प्राज्ञिक लेखनले प्रत्यक्ष प्रभाव पार्ने स्थिति देखिन्छ । उक्त स्थितिको गहन अध्ययन गर्दै हरेक प्राध्यापक तथा सरोकारवालालाई प्राज्ञिक चरित्रको विकास गर्न मदत गर्ने भएकाले प्रस्तुत लेखको उपयोगिता रहेको मानिन्छ ।