पारदर्शी मान्छे कथासङ्ग्रहका कथामा व्यङ्ग्य चेतना {Satirical Consciousness in the Stories of the Story Collection Pardarshi Manchhe}

Authors

  • Hari Prasad Silwal रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ

DOI:

https://doi.org/10.3126/rrij.v5i5.78937

Keywords:

अभिव्यञ्जना, वक्रोक्ति, विचलन, विसङ्गति, शब्दशक्ति

Abstract

‘पारदर्शी मान्छे कथा सङ्ग्रहका कथामा व्यङ्ग्य चेतना’ शीर्षकको प्रस्तुत आलेख कथाकार मनु ब्राजाकीका कथामा पाइने व्यङ्ग्य चेतनामा आधारित छ । व्यङ्ग्य चेतना साहित्यको मूल अभिलक्षण हो । यसलाई पूर्वीय साहित्यशास्त्रमा व्यञ्जना शक्तिको रुपमा चिनाइएको छ । गलत क्रियाकलापको कलात्मक शिल्प संरचनामा व्यङ्ग्य प्रहार गर्नु व्यङ्ग्य चेतना हो । यसमा मनु ब्राजाकीको विवेच्य कृति पारदर्शी मान्छेलाई प्राथमिक सामग्री र यससम्बद्ध अरू सामग्रीलाई द्वितीयक सामग्रीको रूपमा पुस्तकालयकार्य तथा स्रोतबाट सङ्कलन गरी उपयोग गरिएको छ । पारदर्शी मान्छे शीर्षकको कथा कृतिमा के कस्ता राजनीतिक, सामाजिक र सांस्कृतिक व्यङ्ग्य चेतना अभिव्यक्त भएका छन् भन्ने मूल शोध समस्याको प्राज्ञिक समाधान खोज्ने क्रममा विवेच्य कृतिका रचनाहरूमा निहित राजनीतिक, सामाजिक र सांस्कृतिक विचलनका विरुद्ध प्रस्तुत भएका व्यङ्ग्य चेतनालाई विश्लेषण गर्ने शोध उद्देश्य बनाई सम्पन्न गरिएको छ । यस ओलखमा अभिव्यञ्जना शब्द शक्ति र त्यसमा निहित व्यङ्ग्य बोधलाई सैद्धान्तिक मान्यताको रूपमा प्रयोग गरिएको छ । यसमा गुणात्मक शोध अध्ययन पद्धतिलाई अङ्गीकार गरिएको छ । पारदर्शी मान्छे कथा सङ्ग्रहमा मूलतः सामाजिक, राजनीतिक र सांस्कृतिक बेथितिजन्य विसङ्गतिलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरिएको सारवस्तु यस लेखको निष्कर्ष खण्डमा प्रस्तुत गरिएको छ । मूल शीर्षकका साथै आवश्यक पर्ने अन्य उपशीर्षकहरूको प्रयोग गरी शोधात्मक ढाँचामा प्रस्तुत आलेख सम्पन्न गरिएको छ । यसले मनु ब्राजाकीको पारदर्शी मान्छे कथा सङ्ग्रहमा विशेषतः सामाजिक अन्याय, विचलन, सांस्कृतिक विघटनमुखी विकृति र राजनीतिक रूपमा विसङ्गत बनेका सन्दर्भहरूलाई व्यङ्ग्य चेतनाका माध्यमबाट अभिव्यक्त गरिएको सारवस्तु प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
130
PDF
56

Downloads

Published

2024-12-31

How to Cite

Silwal , H. P. (2024). पारदर्शी मान्छे कथासङ्ग्रहका कथामा व्यङ्ग्य चेतना {Satirical Consciousness in the Stories of the Story Collection Pardarshi Manchhe}. RR Interdisciplinary Journal, 5(5), 138–145. https://doi.org/10.3126/rrij.v5i5.78937

Issue

Section

Articles