‘नैकापे सर्किनी’ कथामा शक्तिसम्बन्ध "Naikape Sarkini" Kathama Shaktisambandha

Authors

  • ईश्वरा Ishwara पौडेल Poudel त्रि.वि. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर T.U. Bhojpur Multiple Campus, Bhojpur

Keywords:

यातना गृह Yatana Griha, प्रभुत्व Prabhuutwa, हैकमवाद Haikamvad, शक्तिसम्बन्ध Shakti sambandha

Abstract

प्रस्तुत आलेख पारिजातको ‘नैकापे सर्किनी’ कथामा निहित शक्तिसम्बन्ध विश्लेषण गर्न केन्द्रित छ ।
पाश्चात्य क्षेत्रमा विकसित साांस्कृतिक अध्ययनको अन्तर्गतको सीमान्तीयतासम्बन्धी चिन्तनमा शक्तिसम्बन्धको
अवधारणालाई महइभ्वका साथ हेरिन्छ । साहित्यमा यो नवीन समालोचना पद्धतिका रूपमा विकसित छ । अन्तोनियो
ग्राम्सीले प्रभुत्वसम्बन्धी मान्यताको परिचर्चाका क्रममा अघि सारेको शक्ति सम्बन्धको अवधारणा फुकोलगायतका
विद्वान्को विचारबाट परिपोषित छ । समाजमा अस्तित्वमा रहेका विभिन्न वर्ग, जाति, लिङ्ग, धर्म, संस्कृति तथा
क्षेत्रीयताका बीचमा शक्तिको के कस्तो सम्बन्ध रहेको छ भन्ने कुरालाई शक्तिसम्बन्ध भनिन्छ । यस आलेखमा
शक्तिसम्बन्ध सम्बन्धी मान्यताका आधारमा ‘नैकापे सर्किनी’ कथाको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
मुख्यतः शक्तिसम्बन्धका वर्ग, धर्म, जाति र संस्कृति जस्ता सैद्धान्तिक आधारमा पाठ विश्लेषणात्मक पद्धतिको
अनुसरण गरिएको यो गुणात्मक लेखमा विवेच्य कथामा प्रयुक्त कथ्य र सहभागीको अवस्था र समाजमा रहेको
शक्तिसंरचना र विभिन्न वर्गको हैसियतको विश्लेषण गरिएको छ । मूलतः पुस्तकालयीय विधिका आधारमा तथ्यको
सङ्कलन गरेर निर्धारित कथाको विषयविश्लेषण गरिएको यो लेख शक्ति सम्बन्धका विषयमा खोज गर्ने अनुवर्ती
खोजकर्ताका लागि उपयोगी हुन जान्छ । ‘नैकापे सर्किनी’ कथामा वर्गीय रूपमा उच्च वर्ग र माथिल्लो भनिएका
जातिले समाजमा प्राप्त भएको सम्पूर्ण शक्तिको उपभोग गरेको तर निम्न वर्ग र तल्लो मानिएका जाति यसबाट
पूण वञ्चित भएको स्पष्ट हुन्छ । लैङ्गिक रूपमा पुरुष हैकमका कारण नारीहरू शक्तिहीन र अधीनस्थ बनेका
छन् । सांस्कृतिक दृष्टिमा कथामा चित्रित समाजमा उच्च संस्कृतिको दवदवा रहेको र निम्न संस्कृति नियन्त्रित
भएको छ । यसर्थ ‘नैकापे सर्किनी’ कथामा उच्च वर्ग, पुरुष सत्ता र उच्च संस्कृति र यसका मान्यताहरूको सत्ता
कायम भएको हुनाले शक्ति उनीहरूको केद्रित रहेको र निम्न वर्ग, नारी समूह र निम्न संस्कृति नियन्त्रित र
अधीनस्थ बनेको स्पष्ट हुन्छ ।

Abstract
350
pdf
0

Author Biography

ईश्वरा Ishwara पौडेल Poudel, त्रि.वि. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर T.U. Bhojpur Multiple Campus, Bhojpur

 उपप्राध्यापक Deputy Professor

Downloads

Published

2020-10-05

How to Cite

‘नैकापे सर्किनी’ कथामा शक्तिसम्बन्ध "Naikape Sarkini" Kathama Shaktisambandha. (2020). Rupantaran: A Multidisciplinary Journal, 3, 109-118. https://doi.org/10.3126/rupantaran.v3i0.31805

Issue

Section

Articles

How to Cite

‘नैकापे सर्किनी’ कथामा शक्तिसम्बन्ध "Naikape Sarkini" Kathama Shaktisambandha. (2020). Rupantaran: A Multidisciplinary Journal, 3, 109-118. https://doi.org/10.3126/rupantaran.v3i0.31805