शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोग Shodh Lekh Tatha Shodh Prativedanma Sandharbha Srotko Upayog

Authors

  • तिलकप्रसाद Tilakprasad लम्साल Lamsal नेपाल खुला विश्वविद्यालय Nepal Open University

Keywords:

ढाँचा Dhacha, प्राज्ञिक Pragyik, प्राविधिक Pravidhik, शोधलेख Shodhlekh, सन्दर्भस्रोत sandarbhasrot

Abstract

शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोगका बारे प्रकाश पार्नु यस लेखको उद्देश्य हो । एमएलए पद्धतिमा आधारित भएर यस लेखमा शोधका प्राविधिक पक्षहरूको निरूपण गरिएको छ । यस सन्दर्भमा शोधलेख र शोधप्रतिवेदनमा सन्दर्भस्रोत (साइटेसन र वर्क साइटेड) देखाउने तरिकाका विविध पक्षहरूलाई उद्घाटित गर्ने काम गरिएको छ । त्यस्ता पक्षहरूमा शोधलेख वा शोधप्रतिवेदनभित्र एमएलए र एपिए दुवै शैलीमा गर्भे टिप्पणी (प्यारेन्थिेटिकल रेफरेन्स) वा उद्धरण र गर्भे सन्दर्भको प्रयोग गर्ने तरिका र उद्धृत सामग्रीको सूची वा सन्दर्भसूची (रेफरेन्स वा वर्क साइटेड) राख्ने तरिकालाई विस्तारित रूपमा प्रस्तुत गरिएको छ । दुवै शैलीमा उद्धृत सामग्रीको सूची वा सन्दर्भसूची तयार गर्दा नौ ओटा तइभ्वहरू (लेखक, शीर्षक, सङ्ग्रहको शीर्षक, अरू लेखन प्रदायकहरू सम्पादक÷अनुवादक आदि, संस्करण, अङ्क, भोलम (नम्बर), प्रकाशक, प्रकाशन मिति, र पृष्ठ स्थान) को क्रम मिलाउने तर्फ ध्यान दिनुपर्छ भन्ने तथ्यलाई यस लेखमा उजागर गरिएको छ । यसका साथै
शोधलेख (प्राज्ञिक लेख) तथा शोधप्रतिवेदन ज्यादै औपचारिक र प्राविधिक रूपले सुसङ्गठित एवं सुव्यवस्थित लेखन ढाँचा हो, जुन निश्चित शोधविधिमा आधारित हुन्छ भन्ने तथ्यलाई शोध लेखन ढाँचाका नियम पद्धतिका
आधारमा देखाउन खोजिएको छ । यसर्थ यस लेखमा शोधका निर्धारित सन्दर्भ सङ्केतका शैली वा पद्धतिहरूका आधारमा शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतलाई प्रस्तुत गर्नु पर्छ पर्छ भन्ने निष्कर्षसमेत प्रस्तुत गरिएको छ l

Abstract
437
pdf
1

Author Biography

तिलकप्रसाद Tilakprasad लम्साल Lamsal, नेपाल खुला विश्वविद्यालय Nepal Open University

 नेपाली विषयको उपप्राध्यापक Deputy Professor of Nepali 

Downloads

Published

2020-10-05

How to Cite

शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोग Shodh Lekh Tatha Shodh Prativedanma Sandharbha Srotko Upayog. (2020). Rupantaran: A Multidisciplinary Journal, 3, 139-152. https://doi.org/10.3126/rupantaran.v3i0.31809

Issue

Section

Articles

How to Cite

शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोग Shodh Lekh Tatha Shodh Prativedanma Sandharbha Srotko Upayog. (2020). Rupantaran: A Multidisciplinary Journal, 3, 139-152. https://doi.org/10.3126/rupantaran.v3i0.31809