‘कुञ्जिनी’ खण्डकाव्यमा उपचार वक्रता 'Kunjini' Khandakavyama Upachar Bakrata

Authors

  • यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain T.U., Dhankuta Multiple Campus, Dhankuta त्रि.वि. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

Keywords:

वक्रता bakrata, उपचार वक्रता upachar bakrata, पदार्थधर्म आरोपमूल Padartha dharma aaropmul, रूपकालङ्कार rupalankar, Duranta Sadrishya

Abstract

यस लेखमा लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘कुञ्जिनी’ खण्डकाव्यलाई उपचार वक्रताका आधारमा विश्लेषण गरिएको छ । उपचार वक्रता कुन्तकले प्रतिपादन गरेको वक्रोक्ति सिद्धान्तका छवटा प्रकारमध्येको एउटा प्रकार पदपूर्वाद्र्ध वक्रताको भेद हो । यस भेदका पनि पदार्थधर्म आरोपमूल र पदार्थ आरोपमूल गरी दुईवटा उपभेदहरू छन् । यी दुवै उपभेदहरूलाई आधार मानी यस खण्डकाव्यको विश्लेषण यहाँ गरिएको छ । यसबाट कुञ्जिनी खण्डकाव्य अध्ययन गर्ने पाठककले यस काव्यको उपचार वक्रतायुक्त अर्थको बोध गर्न सक्नेछन् भने यस आधारमा अध्ययन अनुसन्धान गर्ने भावी अनुसन्धाताले समेत लाभ लिन सक्नेछन् । गुणात्मक ढाँचामा आधारित यस लेखमा कुन्तकको उक्त सिद्धान्तानुकूलका प्रयोगहरूलाई तथ्याङ्कका रूपमा उपयोग गरी तिनको विश्लेषणका माध्यमबाट काव्यमा निहित उपचार वक्रताको अवस्थाको निरूपण गर्ने उद्देश्य राखिएको छ । यस काव्यमा पदार्थधर्म आरोपमूल र पदार्थ आरोपमूल उपचार वक्रतासम्बद्ध प्रयोगहरू प्रशस्त पाइएकाले यो काव्य यस प्रकारको वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।

Abstract
787
pdf
1

Author Biography

यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain, T.U., Dhankuta Multiple Campus, Dhankuta त्रि.वि. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

 उपप्राध्यापक, नेपाली Deputy Professor, Nepali

Downloads

Published

2020-10-05

How to Cite

‘कुञ्जिनी’ खण्डकाव्यमा उपचार वक्रता ’Kunjini’ Khandakavyama Upachar Bakrata. (2020). Rupantaran: A Multidisciplinary Journal, 3, 184-190. https://doi.org/10.3126/rupantaran.v3i0.31819

Issue

Section

Articles

How to Cite

‘कुञ्जिनी’ खण्डकाव्यमा उपचार वक्रता ’Kunjini’ Khandakavyama Upachar Bakrata. (2020). Rupantaran: A Multidisciplinary Journal, 3, 184-190. https://doi.org/10.3126/rupantaran.v3i0.31819