मनकोइला रानी गाथामा वैचारिकता Mankoila Rani Gathama Baicharikata

Authors

  • ईश्वरा Ishwara पौडेल poudel त्रि.वि.भोजपुर बहुमुखी क्याम्पस, भोजपुर Bhojpur Multiple Campus, Bhojpur

Keywords:

हैकमवाद, पितृसत्ता, स्वीकृतिमूलक, समाजपरक, वैचारिकता, haikamvad, Pitrisatta, swikritimulak, Samajparak, Baicharikata

Abstract

प्रस्तुत आलेख‘मनकोइला रानी’गाथाका वैचारिक विश्लेषणमा आधारित छ । वैचारिकता क्षणमा आधारित युगकोविचार बोक्ने वैचारिक चिन्तन हो । यसले समाजका विचार, मूल्यमान्यता, नीतिनियम, संस्कार,संस्कृतिकोस्वीकृतिमूलक अध्ययन गर्छ । यो सांस्कृतिक अध्ययनको आधारशीला हो । यहाँ एच.ए.तेनको समाजपरकअध्ययनको जाति, पर्यावरण र क्षणमध्ये क्षणकेन्द्रित मान्यताका आधारमा ‘मनकोइला रानी’ गाथामार्फत् तत्कालीननेपाली समाजका विचार रसामाजिक मूल्यमान्यताको अध्ययन गरी तथ्यपरक निष्कर्षमा पुग्ने प्रयास गरिएकोछ । यस लेखका लागि सामग्री सङ्कलन गर्न पुस्तकालयीय विधि, सामग्री विश्लेषणका लागि निगमन विधि रलेख प्रस्तुतीकरणमा वर्णनात्मक विधि अवलम्बन गरिएको छ । यहाँ वर्णनात्मक विधिको प्रयोग गरी गाथामापाइने तथ्यका आधारमा समाजमा वर्ग, लिङ्ग, धर्म र संस्कृतिको कारणले बनेका सामाजिक विचारहरूकोविश्लेषण गरिएको छ । तत्कालीन समाजको उच्च वर्गीय वर्गगत विचार, लिङ्गगत, धार्मिक र सांस्कृतिकविचारका कारण निम्न वर्ग, नारीहरू, गैह्रहिन्दूहरू अल्पसङ्ख्यक बन्न वाध्य छन् । उनीहरूले सामाजिक र दैनिकगतिविधि, सामाजिक कार्यमा उच्च शक्तिले नियन्त्रण गरेको विचारमा आधारित रहेको छ । यस्तो सामाजिकनियन्त्रणमा उच्च वर्ग, पितृसत्ता र हिन्दू धार्मिक तथा सांस्कृतिक विचार र यिनका आधारमा निर्मित सामाजिकनियमको प्रमुख भूमिका रहेको छ ।

Abstract
255
pdf
0

Author Biography

ईश्वरा Ishwara पौडेल poudel, त्रि.वि.भोजपुर बहुमुखी क्याम्पस, भोजपुर Bhojpur Multiple Campus, Bhojpur

नेपाली विषयको उपप्राध्यापक Assistant Professor, Nepali

Downloads

Published

2020-12-31

How to Cite

मनकोइला रानी गाथामा वैचारिकता Mankoila Rani Gathama Baicharikata. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 199-206. https://doi.org/10.3126/rupantaran.v4i1.34217

Issue

Section

Articles

How to Cite

मनकोइला रानी गाथामा वैचारिकता Mankoila Rani Gathama Baicharikata. (2020). Rupantaran: A Multidisciplinary Journal, 4(1), 199-206. https://doi.org/10.3126/rupantaran.v4i1.34217