शिक्षण सिकाइमा गृहकार्यको प्रयोग (Use of Homework in Teaching-Learning)

Authors

  • Ramesh Prasad Luintel (रमेशप्रसाद लुइटेल) Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Keywords:

कार्यपुस्तक, कक्षाकार्य, विक्षिप्त, भक्तसिकारु

Abstract

प्रस्तुत लेख ‘शिक्षण सिकाइमा गृहकार्यको प्रयोग’ भन्ने शीर्षकमा गरिएको छ । यसको मुख्य उद्देश्य शिक्षण सिकाइमा गृहकार्य प्रयोगको वर्तमान अवस्था पत्ता लगाइ त्यसको विश्लेषण गर्नु रहेको छ । यो लेख मुख्य गरी गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । लेख तयार पार्ने क्रममा प्राथमिक र द्वितीय दुबै स्रोतबाट तथ्याङ्क लिइएको छ । तथ्याङ्क सङ्कलन गर्दा मुख्य गरी अन्तर्वार्ता, छलफल, प्रश्नावली, अवलोकन जस्ता विधि अपनाइएको छ भने सुविधाजनक नमुना छनौट पद्धतिका आधारमा सामुदायिक र संस्थागत दुबै प्रकारका विद्यालयहरू छनौट गरिएको छ । उक्त विद्यालयमा गोलाप्रथाबाट शिक्षक, विद्यार्थी र अभिभावकको छनौट गरिएको छ । प्राप्त तथ्याङ्कलाई व्याख्या विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । सिकाइ अभ्यासमा निर्भर रहन्छ । एक पटक सिकेको कुरालाई पटक–पटक ‘जति बढी अभ्यास गरिन्छ, उति नै सिकाइ दिगो हुन्छ’ भन्ने मान्यता छ । यद्यपि, अभ्यास गर्ने अनेक तरिकाहरूको विकास भइसकेको छ । कक्षामा शिक्षकले शिक्षण गरे पश्चात् नै विभिन्न माध्यमबाट अभ्यास गराउने, कक्षाकार्य गराउने, साथीभाइबीच एक आपसमा छलफल गराउने, अन्तरक्रिया गरी सिक्ने, सिर्जनात्मक, रचनात्मक हिसाबले सिक्ने, प्रश्न गर्ने, उत्तर खोज्ने, खोज अनुसन्धानमूलक हिसाबले सिके सिकाइ दिगो र प्रभावकारी हुन्छ । अभ्यासको नाममा बारम्बार सबै विषयमा सबै शिक्षकले गृहकार्य दिने गृहकार्य नगरे विद्यार्थीलाई विभिन्न प्रकारका शारीरीक यातना, मानसिक तनाव मात्र दिए सिकाइ प्रभावकारी नहुने, उल्टै अगाडि सिकेको कुरा बिर्सँदै गई सिकाइ कमजोर हुन्छ त्यसैले परम्परागत रूपले दिइँदै आएको गृहकार्यलाई कम गर्नु पर्छ भन्ने यो लेखको मुख्य आशय हो ।

Abstract
329
PDF
0

Author Biography

Ramesh Prasad Luintel (रमेशप्रसाद लुइटेल), Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Lecturer, Department of Education, Education Planning and Management

Downloads

Published

2022-07-29

How to Cite

शिक्षण सिकाइमा गृहकार्यको प्रयोग (Use of Homework in Teaching-Learning). (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 108-115. https://doi.org/10.3126/rupantaran.v6i01.46992

Issue

Section

Articles

How to Cite

शिक्षण सिकाइमा गृहकार्यको प्रयोग (Use of Homework in Teaching-Learning). (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 108-115. https://doi.org/10.3126/rupantaran.v6i01.46992