‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song 'Fulyo Guransa')

Authors

  • Yagya Prasad Guragain (यज्ञप्रसाद गुरागाई) Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Keywords:

वक्रोक्ति, वर्णविन्यास वक्रता, उपचार वक्रता, आहार्य वक्रता, आह्लादकता, स्थायी अन्तरा

Abstract

‘फुल्यो गुराँस’ पानस डिजिटल प्रा. लि. काठमाडौँद्वारा प्रस्तुत गरिएको रिले दोहोरी गीत हो । यस गीतमा तीन गायक र तीन गायिकाको स्वरमा गाइएका जम्मा तीन पुञ्ज र अठार अन्तरा छन् । यस अध्ययनमा उक्त गीतमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्ने समस्याको समाधानार्थ वक्रता प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य निर्धारण गरिएको छ । यस गीतमा आधारित भई हालसम्म कसैले पनि वक्रोक्तिपरक अध्ययन गरेको नपाइएको हुँदा अनुसन्धानगत रिक्तता पूरा गर्न गरिएको यो अध्ययन औचित्यपूर्ण पनि छ । यस लेखमा गुगल तथा युट्युबमा पाइएको उल्लिखित गीतबाट प्राथमिक स्रोतका सामग्रीहरू र विभिन्न पुस्तक तथा पत्रपत्रिकाका लेखबाट द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको उपयोग गरिएको छ । कुन्तकद्वारा प्रतिपादन गरिएको वक्रोक्ति सिद्धान्तलाई उक्त गीतमा प्रयुक्त उदाहरणबाट पुष्टि गरिएकाले यस अध्ययनमा निगमनात्मक विधिको प्रयोग गरिएको छ भने उदाहरणहरूलाई तथ्यका रूपमा प्रस्तुत गरी तिनको विश्लेषण गरिएकाले विश्लेषणात्मक विधिको समेत उपयोग भएको छ । यस गीतमा प्रयोग भएका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, अव्युत्पन्न वक्रता र वाक्य वक्रताकाहरूको विश्लेषण यस लेखमा गरिएको छ र उक्त वक्रताका विभिन्न भेदहरूको प्रयोग भई तिनले गीतलाई शोभातिशय तुल्याएको निष्कर्ष यहाँ निकालिएको छ ।

Abstract
194
PDF
0

Author Biography

Yagya Prasad Guragain (यज्ञप्रसाद गुरागाई), Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Lecturer, Department of Nepali

Downloads

Published

2022-07-29

How to Cite

‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song ’Fulyo Guransa’). (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 124-134. https://doi.org/10.3126/rupantaran.v6i01.46994

Issue

Section

Articles

How to Cite

‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song ’Fulyo Guransa’). (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 124-134. https://doi.org/10.3126/rupantaran.v6i01.46994