धरान–धनकुटा राजमार्गले मानव बस्तीमा पारेको प्रभाव (Effect of Dharan-Dhankuta Highway on Human Rsidency

Authors

  • जनार्दन घिमिरे (Janardan Ghimire) Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Keywords:

पैदलमार्ग, राजमार्ग, देउराली, कन्दरा, कछाड, जगर–वगर

Abstract

धरान–धनकुटा राजमार्ग पूर्वी नेपालको पहाडी क्षेत्रका धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाहरूमा प्रवेश गर्ने एकमात्र सडकमार्ग हो । यसलार्ई कोशी राजमार्गको नामले समेत चिनिन्छ । यो राजमार्ग निर्माण हुनुपूर्व नै यी पहाडी जिल्लाहरूमा आवतजावत गर्नका लागि पैदलमार्ग बनेको थियो । अहिले पनि त्यो क्षेत्रका ज्येष्ठ नागरिकहरू यो पैदलमार्ग हुँदै धरानबाट नुन लिएर आवतजावत गरेको स्मरण सुनाउने गर्छन् । यस लेखलाई आवश्यक सूचनाहरू पूराना बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिक र पैदल मार्गीहरूसँगको अन्तर्वार्तामा आधारित छ । कोशी राजमार्गले प्राचीन पैदल मार्गमा रहेका धेरै बस्तीहरूलाई छुन सकेन जसले पूरानो बस्ती र त्यसको वरिपरिका वासिन्दाहरू प्रभावित हुन थाले । धेरै बस्तीहरू अन्यत्र सरे, केही मानिसहरू आफ्नो थातथलो छोडेर बसाइँ गए । कोही नयाँ सडकको वरिपरि बसाइँ सरे भने सडकभन्दा माथिका बस्तीहरूबाट पनि सडकको छेउछाउमा बसाइँ सरेर नयाँबस्ती र बजार केन्द्रहरूको विकास भएको देखिन्छ । सडकमार्ग र पैदलमार्ग जोडिएका स्थानहरूमा बस्ती विकासले निरन्तरता पाएको देखिन्छ भने सडकमार्गले नछोएका पैदलमार्गका बस्तीहरूको अस्तित्व विस्तारै हराउँदै गएको यो लेखको निष्कर्षले देखाएको छ ।

Downloads

Download data is not yet available.
Abstract
73
PDF
39

Author Biography

जनार्दन घिमिरे (Janardan Ghimire), Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Lecturer, Department of Geography Education

Downloads

Published

2022-07-29

How to Cite

घिमिरे ज. (2022). धरान–धनकुटा राजमार्गले मानव बस्तीमा पारेको प्रभाव (Effect of Dharan-Dhankuta Highway on Human Rsidency. Rupantaran: A Multidisciplinary Journal, 6(01), 96–107. Retrieved from https://www.nepjol.info/index.php/rupantaran/article/view/47117

Issue

Section

Articles