धरान–धनकुटा राजमार्गले मानव बस्तीमा पारेको प्रभाव (Effect of Dharan-Dhankuta Highway on Human Rsidency

Authors

  • जनार्दन घिमिरे (Janardan Ghimire) Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Keywords:

पैदलमार्ग, राजमार्ग, देउराली, कन्दरा, कछाड, जगर–वगर

Abstract

धरान–धनकुटा राजमार्ग पूर्वी नेपालको पहाडी क्षेत्रका धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाहरूमा प्रवेश गर्ने एकमात्र सडकमार्ग हो । यसलार्ई कोशी राजमार्गको नामले समेत चिनिन्छ । यो राजमार्ग निर्माण हुनुपूर्व नै यी पहाडी जिल्लाहरूमा आवतजावत गर्नका लागि पैदलमार्ग बनेको थियो । अहिले पनि त्यो क्षेत्रका ज्येष्ठ नागरिकहरू यो पैदलमार्ग हुँदै धरानबाट नुन लिएर आवतजावत गरेको स्मरण सुनाउने गर्छन् । यस लेखलाई आवश्यक सूचनाहरू पूराना बस्तीमा बसोबास गर्ने ज्येष्ठ नागरिक र पैदल मार्गीहरूसँगको अन्तर्वार्तामा आधारित छ । कोशी राजमार्गले प्राचीन पैदल मार्गमा रहेका धेरै बस्तीहरूलाई छुन सकेन जसले पूरानो बस्ती र त्यसको वरिपरिका वासिन्दाहरू प्रभावित हुन थाले । धेरै बस्तीहरू अन्यत्र सरे, केही मानिसहरू आफ्नो थातथलो छोडेर बसाइँ गए । कोही नयाँ सडकको वरिपरि बसाइँ सरे भने सडकभन्दा माथिका बस्तीहरूबाट पनि सडकको छेउछाउमा बसाइँ सरेर नयाँबस्ती र बजार केन्द्रहरूको विकास भएको देखिन्छ । सडकमार्ग र पैदलमार्ग जोडिएका स्थानहरूमा बस्ती विकासले निरन्तरता पाएको देखिन्छ भने सडकमार्गले नछोएका पैदलमार्गका बस्तीहरूको अस्तित्व विस्तारै हराउँदै गएको यो लेखको निष्कर्षले देखाएको छ ।

Abstract
318
PDF
0

Author Biography

जनार्दन घिमिरे (Janardan Ghimire), Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Lecturer, Department of Geography Education

Downloads

Published

2022-07-29

How to Cite

धरान–धनकुटा राजमार्गले मानव बस्तीमा पारेको प्रभाव (Effect of Dharan-Dhankuta Highway on Human Rsidency. (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 96-107. https://www.nepjol.info/index.php/rupantaran/article/view/47117

Issue

Section

Articles

How to Cite

धरान–धनकुटा राजमार्गले मानव बस्तीमा पारेको प्रभाव (Effect of Dharan-Dhankuta Highway on Human Rsidency. (2022). Rupantaran: A Multidisciplinary Journal, 6(01), 96-107. https://www.nepjol.info/index.php/rupantaran/article/view/47117