TY - JOUR AU - भण्डारी, मानबहादुर PY - 2021/09/27 Y2 - 2024/03/28 TI - सूक्ष्म शिक्षणको परिचय, विशेषता, चरणहरू र फाइदा–बेफाइदा [Introduction, Features, Stages and Advantages and Disadvantages of Micro-Teaching] JF - Rupantaran: A Multidisciplinary Journal JA - Rupantaran VL - 5 IS - 01 SE - Articles DO - 10.3126/rupantaran.v5i01.39877 UR - https://www.nepjol.info/index.php/rupantaran/article/view/39877 SP - 138-149 AB - <p>सूक्ष्म शिक्षण भनेको पूव–आभ्यासिक शिक्षण हो जुन वास्तविक कक्षा शिक्षणभन्दा पहिले गरिन्छ । वास्तविक कक्षा शिक्षणमा आवश्यक हुने सीप हाँसिल गर्न–गराउनका निमित्त सूक्ष्म शिक्षण उपयोगी उपाय मानिन्छ । यो छोटो समयमा धेरै तालिम प्राप्त शिक्षकहरू उत्पादन गर्न अपनाइएको शिक्षक तालिमको नयाँ अवधारणा हो । शिक्षाशास्त्रीय दृष्टिले कुनै विषय शिक्षक, प्रशिक्षण वा तालिमका क्रममा प्रशिक्षार्थीहरूलाई वास्तविक कक्षा शिक्षणभन्दा अगाडि सिपालु बनाउन अनिवार्य रूपमा सूक्ष्म शिक्षणमा सहभागी गराइन्छ । नेपालका सन्दर्भमा शिक्षाशास्त्र सङ्कायका उच्च माध्यमिक शिक्षा, स्नातक र स्नातकोत्तर शिक्षाका क्रममा र शिक्षक प्रशिक्षक तालिमका कार्यक्रममा सूक्ष्म शिक्षण कार्यक्रम समावेश गरिएको पाइन्छ । कुनै प्रशिक्षार्थीलाई आवधिक वा पूर्णावधिक शिक्षणमा जानु पूर्व सिपालु बनाएर पठाउनका लागि सूक्ष्म शिक्षण कार्यक्रम सञ्चालन गरिन्छ । यसले प्रशिक्षार्थीहरूमा सीपको दक्षता र मनोबल दुवैको विकास भई शिक्षण कार्यलाई उद्देश्यमुखी, सार्थक र प्रभावकारी बनाउने आघार निर्माण गर्छ । प्रशिक्षार्थीलाई आफ्नो पेसामा सचेत र जागरुक बन्ने प्रेरणा मिल्छ । यसले दक्ष र निपुण शिक्षक उत्पादन गर्न पुनर्बल गर्दछ । वास्तविक शिक्षण, छोट्याइएको शिक्षण, व्यक्तिगत सीप विकासको उपाय, तुरुन्त पृष्ठपोषण प्राप्त हुने, कुशल शिक्षक उत्पादन गर्ने उपाय, नियन्त्रित र नियमशासित शिक्षण, सीपमुखी, उपचारात्मक शिक्षण आदि सूक्ष्म शिक्षणका विशेषताहरू हुन् । सूक्ष्म शिक्षणलाई सीप परिचय, सीप प्रदर्शन, पाठयोजना निर्माण, पाठ शिक्षण, पृष्ठपोषण, पुनर्योजना, पुनर्शिक्षण र पुनर्पृष्ठपोषण प्रदानको चरणमा शिक्षण गर्नु पर्दछ । सूक्ष्म शिक्षणबाट प्रशिक्षार्थीमा आफ्ना शिक्षण दुर्बलता हटाउन, आपसमा सीपको आदानप्रदान गर्न, आत्माविश्वासिलो बन्न, शिक्षण उद्देश्य, विधि, सामग्री आदिको निर्माण, छनोट र प्रयोग सम्बन्धी ज्ञान सीपको विकास गर्ने जस्ता महइभ्वपूर्ण सहयोग प्राप्त हुन्छ ।</p> ER -