सिन्धुघाँँटी सभ्यताको पतन {Sindhughati Sabhyatako Patan}

Authors

  • सुशीलकुमार Sushilkumar अधिकारी Adhikari महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

Keywords:

मोहनजोदडो, हडप्पा, उत्खनन, उद्विकास, पतन, ताम्रयुग

Abstract

प्रस्तुत लेख सिन्धुघाटी सभ्यता अर्थात् सिन्धुसभ्यताको पतनका कारणसँग सम्बन्धित रहेको छ । मानव विकासको ऐतिहासिक सन्दर्भमा विभिन्न सभ्यताको उत्थान र पतनको क्रम शृङ्खलित प्रक्रिया रहेको तथ्य इतिहासको अध्ययनबाट प्राप्त गर्न सकिन्छ । पश्चिमी मेसोपोटानिया सभ्यताको समकक्षी एवं शक्तिशाली सभ्यताका रूपमा सिन्धुघाटीको सभ्यता विकास भएको हो । भारतीय प्रायद्विप बेलायती साम्राज्यको उपनिवेश रहेको समयमा भएको उत्खनन र त्यसको वैज्ञानिक परीक्षणले यस सभ्यताको विषयलाई प्रकाशित गरे पनि यसको उत्थान र पतनको विषय प्राक्कल्पनामा सीमित रहेको छ । आर्य इतरको सभ्यताका रूपमा रहेको यस विषयको अन्त्य आर्यको आक्रमणपछि विलय भएको ऐतिहासिक तथा सुविधाभोगी मानव चरित्रका कारण त्यहाँको जनसङ्ख्या स्थानान्तरण भएको अनुमानलाई यो सभ्यता अन्त्यको कारक प्रमाणित गर्न खोजिए पनि यसको भरपर्दो प्रमाण दिन अध्ययन असफल रहेको छ । अन्ततः यो विषय मानव उद्विकास अर्थात् जीवविज्ञानको विकासवादी सिद्धान्त अनुरूप निश्चित अवधिपछि पतन भएको विषयलाई भरपर्दो प्रमाणका रूपमा लिन सकिन्छ । मानव विकासवादी सिद्धान्तले मानवमा निहित आन्तरिक शक्ति (परिवर्तन र रूपान्तरणको शक्ति) का कारणले उसले आजको स्वरूपमा अवतरित भएको मानवसभ्यताको विकासको परिणामस्वरूप विभिन्न सभ्यता र संस्कृति विभिन्न कालखण्डमा विकसित हुने र विनाश हुनेप्रक्रिया यस सभ्यताको हकमा पनि घटित भएको देखिन्छ ।

Abstract
206
PDF
0

Author Biography

सुशीलकुमार Sushilkumar अधिकारी Adhikari, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

उपप्राध्यापक, इतिहास, संस्कृति तथा पुरातत्व विभाग

Downloads

Published

2022-05-01

How to Cite

सिन्धुघाँँटी सभ्यताको पतन {Sindhughati Sabhyatako Patan}. (2022). Sahayaatra सहयात्रा, 5(1), 141-148. https://doi.org/10.3126/sahayaatra.v5i1.57209

Issue

Section

Articles

How to Cite

सिन्धुघाँँटी सभ्यताको पतन {Sindhughati Sabhyatako Patan}. (2022). Sahayaatra सहयात्रा, 5(1), 141-148. https://doi.org/10.3126/sahayaatra.v5i1.57209