तामाङभाषाको लेखनप्रणाली बारे खोज र चर्चा

Authors

  • अजितमान Ajitman तामाङ Tamang

Keywords:

गुरूकुलीय लेखन, मानक लेखन, तामयीग लेखनप्रणाली र लिपि, देवनागरी लिपि, रोमन लिपि, ग्राफोलिङगुइस्टिक, लेखिमविज्ञान

Abstract

तामाङभाषा नेपालमा बोलिने पाँचौ ठूलो जनसङ्ख्याले बोल्ने भाषा हो । तामाङ समुदायमा बौद्धधर्मको ग्रन्थहरू प्रचलनमा आएको समय देखि तामाङभाषाको लेखन प्रारम्भ भएको सङ्केत प्राप्त भएको छ । तामाङभाषामा लेखिएको पुरानो ग्रन्थहरूमा जीक्तेन ज तामछ्योअी, ताम्बाकाअीतेन जस्ता हस्तलिखित पुस्तकहरू हुन् । तामाङभाषाको पुरानो लेखनशास्त्रीय बौद्ध धार्मिक लिपि अुछेन तामयीगमा लेखिएको पाइन्छ । त्यसपछि अङ्ग्रेजी भाषाको रोमन लिपिमा र नेपालमा देवनागरी लिपिमा तामाङभाषाको लेखन कार्य भइरहेको देखिन्छ । सबैभन्दा पुरानो तामाङ लेखन जिग्तेन तामछ्योअी ल्हाछ्योअीम्हीछ्योअी जगतका वृतान्त, देव तथा मानव नीति साथै तामाङ जातिको उद्गम बारेमा ह्रुअीछेन च्योब्गे “महान १८ तामाङ थरूहरू” को वर्णन गरेको छन् । यस ग्रन्थमा नेपालका अंशुवर्मा र नरेन्द्रदेव र भारतका हर्षबद्र्घन राजाको परलोक भइ सकेको उल्लेख गरेका छन् । नुवाकोट जिल्लाबाट प्राप्त अर्को एक पुस्तक ग्याल्पो पेच्या सुग्स्सो “राजाको वृतान्त पुस्तक” को पुस्पिका वाक्यमा तिब्बती सम्बत् ११२० को दशौं महिनामा पुस्तक लेखिएका पेच्या हस्तलिखित पुस्तकमा उल्लेख गरिएको कालको विश्लेषणले एकहजार वर्ष अघिको तामाङलेखन भएको जानकारी प्राप्त भएको छ । यो हस्तलिखित पुस्तक अुछेन र ख्युग्यीग लिपिमा लेखिएका छन् । लेखनप्रणालीका दृष्टिले यो लेखनका दुई भेदहरू तामयीग र तामाङ सम्बोटा लेखनप्रणाली प्रयोग भएको देखिन्छ । पुरानो तामाङभाषाको लेखनका हस्तलिखित ग्रन्थहरूबाट लिप्यन्तर गरी देवनागरी लिपिको प्रयोग गरी नव तामाङलेखनको थालनी गरिएको देखिन्छ । यस्तो लेखनमा दुई लेखन भेदहरू देखिएका छन् । तामाङलेखनका यी भेदहरू किन र कसरी आए ? लेखनमा किन एकरूपता हुनु सकेन ? भन्ने विषयमा अनुसन्धान नभएको हुनाले सो विषयमा यो खोज केन्द्रित रहेको छ । तामाङभाषाको लेखनका विषयमा भाषावैज्ञानिक सिद्घान्तका विधिहरू ध्वनि विज्ञान, वर्णविज्ञान, रूपविज्ञान, वाक्य विज्ञान, अर्थ विज्ञानका साथै लेखिम विज्ञानका ग्राफोलिङगुइस्टिकका सिद्घान्तहरूको उपयोग गरी अध्ययन विश्लेषण गरी साझा मानक लेखनप्रणालीको खोजी तथा तामाङभाषाको लेखनका वस्तुस्थिति बारेमा यहाँ चर्चा गरिएको छ ।

Abstract
490
PDF
0

Author Biography

अजितमान Ajitman तामाङ Tamang

Mr Tamang is a PhD scholar at the Central Department of Nepalbhasa.

Downloads

Published

2023-09-27

How to Cite

तामाङभाषाको लेखनप्रणाली बारे खोज र चर्चा. (2023). Sahayaatra सहयात्रा, 6(1), 67-83. https://doi.org/10.3126/sahayaatra.v6i1.58425

Issue

Section

Research Article

How to Cite

तामाङभाषाको लेखनप्रणाली बारे खोज र चर्चा. (2023). Sahayaatra सहयात्रा, 6(1), 67-83. https://doi.org/10.3126/sahayaatra.v6i1.58425