सिमाना मुक्तक सङ्ग्रहमा समसामयिकता

Authors

  • महेन्द्र Mahendra वाग्ले Wagle Mahendra Multiple Campus, Nepalganj

DOI:

https://doi.org/10.3126/sahayaatra.v6i1.58484

Keywords:

राष्ट्रियता, स्वाधीनता, विद्रोह, दमन, समकालीन

Abstract

यस लेखमा महानन्द ढकालद्वारा लिखित सिमाना मुक्तक सङ्ग्रहमा समसामयिक विषयवस्तुलाई समेटिएको छ । समसामयिकताले तत्क्षण र वर्तमानको सन्दर्भ भएकाले त्यससँग सम्बद्ध विषयहरूले यस आलेखमा स्थान पाएका छन् । मूलतः समसामयिकताले पचास वर्षको अविधिलाई समेटने विद्वान र विदुषीहरूको मतका आधारमा ढकालका मुक्तकमा २०४६ सालदेखि हालसममका सामाजिक विसङ्गति र विकृति, जीवनको यथार्थता, राज्यव्यवस्थाका कमजोरी, जनताको दुःख, दमन र शोषणमा रहेको मानसिक तनाव, सिमाको अतिक्रमण, नारी संवेदना, विद्रोहको स्वर, मानवीयताका विषयहरू यसमा समेटिएको छ । तसर्थ यो मुक्तक सङ्ग्रहमा रहेका मुक्तकहरू समसामयिक लेखनको एक उत्कृष्ट नमूनाको रूपमा मूल्याङ्कनका लागि योग्य रहेका छन् । यसमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलनका लागि पुस्तकालयीय पद्धति उपयोग गरिएको छ र समसामयिकतासँग सम्बन्धित सैद्धान्तिक ढाँचा तयार गरेर निगमन विधिबाट मुक्तकहरूको विश्लेषण गरिएको छ । यस आलेखमा महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा समसामयिक विषयवस्तुमा मूलतः राष्ट्रियता, राजनैतिक व्यवस्था, प्रतिकारको स्वर र विद्रोह, जीवन र यथार्थता, स्वधीनता र स्वतन्त्रताका पक्षहरूले स्थान पाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
28

Author Biography

महेन्द्र Mahendra वाग्ले Wagle, Mahendra Multiple Campus, Nepalganj

Mr Wagle is a Lecturer of Nepali at the Mahendra Multiple Campus, Nepalganj of Tribhuvan University.

Downloads

Published

2023-09-27

How to Cite

वाग्ले Wagle म. M. (2023). सिमाना मुक्तक सङ्ग्रहमा समसामयिकता. Sahayaatra सहयात्रा, 6(1), 119–131. https://doi.org/10.3126/sahayaatra.v6i1.58484

Issue

Section

Research Article