विकल्पहीन कथामा नारीवाद

Authors

  • माया Maya घिमिरे Ghimire Rammani Multiple Campus, Rupandehi

DOI:

https://doi.org/10.3126/sahayaatra.v6i1.58488

Keywords:

पितृसत्ता, नारीचेतना, उत्पीडन, प्रतिनिधित्व, उपेक्षा

Abstract

प्रस्तुत लेख नारीवादको सैद्धान्तिक स्वरूपको नर्माण गरी त्यसका आधारमा विकल्पहीन कथाको विश्लेषणमा केन्द्रित छ । यस लेखमा साहित्यमा नारीवादको अध्ययन गर्ने नारीवादी समालोचनाका प्रमुख मान्यताका आधारमा कथाका नारीपात्रको अवस्थालाई विश्लेषण गरी निष्कर्षात्मक मूल्याङ्कन समेत गरिएकको छ । नारीवाद पितृसत्तात्मक समाजमा लैङ्गिक आधारमा नारीमाथि भएका शोषण, दमन र उत्पीडनको प्रतिरोधमा विकसित नारीपक्षीय विचार, दर्शन र राजनीति हो । यो नारीको स्वतन्त्र पहिचान र अस्तित्वसँग सम्बन्धित सामाजिक मुक्ति र समानतासँग सम्बन्धित आन्दोलन हो । विकल्पहीन कथा अर्धसामन्तवादी पितृसत्तात्मक सामाजिक संरचनाका कारण नारी पात्रले भोग्नुपरेको विकल्पहीन अवस्थाको उत्पीडनसँग सम्बन्धित छ । कथामा नारी पात्रलाई पत्नी, आमा, गृहिणी, पराश्रित तथा दोस्रो दर्जाकी नागरिक, निम्नवर्गीय, किनारीकृत नारी चरित्रका रूपमा पहिचान दिलाउँदै तिनका अवस्थाप्रति सहानुभूति प्रकट गरिएको छ । कथामा पितृसत्ता र त्यसका संस्थाहरूद्वारा उत्पादन कार्यमा सहभागी भई आत्मनिर्भर बन्न चाहने नारी पात्रलाई लैङ्गिक भेद, शोषण, दमन र उत्पीडनमा पारी किनारामा पु–याइएको छ । यस लेखमा पुस्तकालयीय स्राेतबाट संकलित सामग्रीलाई पाठविश्लेषणमा आधारित गुणात्मक पद्धतिको प्रयोग गरी विश्लेषण गरिएको छ । प्रत्यक्ष रूपमा नारी पात्रको उपस्थिति रहेको यस कथालाई अन्तरअनुशासनात्मक नारीपक्षीय सिद्धान्तका रूपमा विकसित नारीवादी समालोचनाका पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व, पहिचान र नारी उत्पीडनका आधारमा विश्लेषण गरी नारीपक्षीय विचारधारा अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
116
PDF
59

Author Biography

माया Maya घिमिरे Ghimire, Rammani Multiple Campus, Rupandehi

Ms Ghimire is a lecturer of Nepali at Rammani Multiple Campus Rupandehi of Tribhuvan University.

Downloads

Published

2023-09-27

How to Cite

घिमिरे Ghimire म. M. (2023). विकल्पहीन कथामा नारीवाद. Sahayaatra सहयात्रा, 6(1), 133–146. https://doi.org/10.3126/sahayaatra.v6i1.58488

Issue

Section

Research Article