नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन

Authors

  • Abilal Shah उपप्राध्यापक, नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0003-5405-3407
  • Anil Adhikari उपप्राध्यापक, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0001-4095-8833

Keywords:

ऐतिहासिक सर्वेक्षण, मौखिक पुस्तान्तरण, रेखाङ्कन, लिप्याङ्कन, लोकसम्पत्ति

Abstract

प्रस्तुत लेख नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसमा नेपाली लोकसाहित्यका विभन्नि विधाहरूको सङ्कलन, अध्ययन र अनुसन्धान परम्पराको सर्वेक्षण गरिएको छ । यसक्रममा लोकगीत, लोककथा, लोकगाथा, लोकनाटक, लोकमन्त्र, उखान, टुक्का आदि लोकसाहित्यिक विधाहरूको मौखिक पुस्तान्तरण परम्परा, सङ्कलन तथा पाठ्यीकरण परम्परा, अध्ययन परम्परा र प्राज्ञिक विमर्श परम्पराको विहङ्गावलोकन गरिएको छ । यसका साथै यस लेखमा लोकसाहित्यको अध्ययन परम्रालाई काल वा चरणमा विभाजन गरी ती चरणका मुख्यमुख्य उपलब्धिको निक्र्योल गरिएको छ । प्रस्तुत लेखमा ऐतिहासिक सर्वेक्षण र वर्गीकरणलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको यस आलेखमा अध्ययन परम्पराको चरण विभाजनको पनि सर्वेक्षण गरिएको छ । उक्त सर्वेक्षणका आधारमा अध्ययन परम्पराको काल विभाजन प्रस्तुत गरिएको छ । निष्कर्ष स्वरूप लोकसाहित्य परम्पराका मौखिक पुस्तान्तरण र सङ्कलन आरम्भको चरण, सङ्कलन, पाठ्यीकरण र अध्ययनको चरण र प्राज्ञिक विमर्शको चरण गरी तीन चरणमा विभाजन गर्नुपर्ने मत प्रस्तुत गरिएको छ । लोकसाहित्यिक सामग्रीको उपयोग मनोरञ्जनका लागि गरिने, सामाजिक रीतिथिति मान्ने क्रममा लोकसामग्री मौलिक रूपमा प्रस्तुत गर्दा स्वतह पुस्तान्तरित भई जीवित हुने, यी हाम्रा लोकसम्पत्ति हुन्, यिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने चेतनाका आधारमा सङ्कलन आरम्भ गर्नु आदि मौखिक पुस्तान्तरण र सङ्कलन आरम्भ चरणमका उपलब्धि हुन् । लोकसाहित्यिक सामग्रीको नियोजित सङ्कलन, सङ्कलित सामग्रीको लिप्यङ्कन, सम्पादन, पुस्तकाकार कृतिको निर्माण र विश्लेषण प्रक्रियाको थालनी गर्नु सङ्कलन, पाठ्यीकरण र अध्ययनको चरणका उपलब्धि हुन् भने स्थापित सैद्धान्तिक अवधारणका आधारमा विधाको विश्लेषण र शैक्षिक तह पार गर्नका लागि गहन अनुसन्धान गर्नु प्राज्ञिक विमर्शको चरणका उपलब्धि हुन् । प्रस्तुत अध्ययनमा लोकसाहित्यको विकासका लागि भएका कामहरूको कालक्रिमक विवरण प्रस्तुत गरी ती कामका मुख्य उपलब्धिका आधारमा प्राज्ञिक उन्नयनको अवस्थाको विश्लेषण गरिएको छ ।

Abstract
141
PDF
0

Downloads

Published

2025-07-10

How to Cite

नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन . (2025). Sahayaatra सहयात्रा, 8(1), 1-15. https://doi.org/10.3126/sahayaatra.v8i1.80928

Issue

Section

Research Article

How to Cite

नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन . (2025). Sahayaatra सहयात्रा, 8(1), 1-15. https://doi.org/10.3126/sahayaatra.v8i1.80928