लाइट बाल्ने केटो र शुटिङ रिपोर्ट कथामा लोकप्रिय संस्कृति

Authors

  • Ashok Thapa उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0004-5743-742X

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.80929

Keywords:

अन्तर्सांस्कृतिकता, प्रविधि, मनोरञ्जन, युवासंस्कृति, यौनिकता, व्यवसायीकरण

Abstract

प्रस्तुत लेखमा दुर्गा कार्कीको लाइट बाल्ने केटो र कुमार नगरकोटीको शुटिङ रिपोर्ट शीर्षकका कथामा लोकप्रियसंस्कृतिको प्रयोग र प्रभावको विवेचना रहेको छ  । लोकप्रिय संस्कृति भनेको धेरै जनसमूहद्वारा रुचाइएको र ग्रहण गरिने चिन्तन र अभ्यासको समुच्चय हो जुन पश्चिमा जमिनबाट नेपाली साहित्यमा प्रवेश गरेको हो । उद्योगधन्दा, बजारीकरण र सूचनाप्रविधिको वृद्धिसँगै यसको प्रभाव झन् बढ्दै गएको छ । यस सन्दर्भमा एन्टोनियो ग्राम्सी, मेनजर पाण्डे, बार्कर, लाबेन्थलजस्ता विचारकहरूको वैचारिक धारणामा आधारित भएर विवेच्य कथाको पाठ (कन्टेन्ट) को विश्लेषण भएको छ । लाइट बाल्ने केटो कथामा युवाजीवनका यौनाकाङ्क्षा, प्रणय, मोबाइल र सामाजिक सञ्जालको अधिक प्रयोग, भ्यालेन्टाइन डेजस्ता पश्चिमेली संस्कृति तथा मनोरञ्जनका पाटाहरू प्रयोग भएको देखिन्छ । शुटिङ रिपोर्टमा चलचित्र व्यवसाय, रङ्गीन दुनियाँ, खुला समाजको बहस र प्रविधिले निर्वाह गरेको भूमिकाबाट लोकप्रिय संस्कृतिका आयामलाई नियाल्ने काम भएको छ । दुवै कथामा चित्रात्मक शैली, अङ्ग्रेजी भाषाको अधिक प्रयोग र स्वतन्त्रताको प्रश्न प्रस्तुत भएको छ । यी दुई कथाले नेपालीसमाजमा केकसरी लोकप्रियसंस्कृतिको आरम्भ र भुमण्डलीकृत समयको भूमिका अनि वर्तमान भोगवादी दृष्टिको चित्रण भएको विषयको उठान गरिएको छ ।  कार्की र नगरकोटीका कथामा लोकप्रिय संस्कृतिको प्रभाव देखाउने महत्त्वपूर्ण कृति हुन् जसले नेपाली साहित्यमा समसामयिक बहस सिर्जना गरेको देखिन्छ ।  लोकप्रियसंस्कृतिको अध्ययन नेपाली साहित्यमा नितान्त नवीन  विषयक्षेत्र भएकाले यस लेखले आगामी दिनमा उल्लेख्य सन्दर्भसामग्रीको रूपमा कार्य गर्नेछ ।

Downloads

Download data is not yet available.
Abstract
90
PDF
39

Downloads

Published

2025-07-10

How to Cite

Thapa, A. (2025). लाइट बाल्ने केटो र शुटिङ रिपोर्ट कथामा लोकप्रिय संस्कृति. Sahayaatra सहयात्रा, 8(1), 17–24. https://doi.org/10.3126/sahayaatra.v8i1.80929

Issue

Section

Research Article