शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व

Authors

  • Ishwori Pandey शिक्षक, नेपाली विभाग, काव्य स्कुल बानेश्वर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.80930

Keywords:

पितृसत्तात्मक, पुरुषपन, विशाक्त, समतामूलक, समानुभूति

Abstract

प्रस्तुत लेख वानीरा गिरिको शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्वको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । यस लेखमा पुस्तकालयीय पद्धतिबाट सामग्री सङ्कलन गरी स्वस्थ पुरुषत्वको अभिव्यक्ति सम्बन्धित प्राज्ञिक जिज्ञासाको समाधान गर्ने प्रयास गरिएको छ । पुरुषत्व लैङ्गिक अवधारणा अन्तरगतको पुरुष केन्द्रित व्यवहार हो । यो जन्मात विशेषता नभई सामाजिक व्यवहार र मानवीय स्वभावको उपज हो । परम्परागत पितृसत्तात्मक समाजले पुरुष लिङ्गमाथि थोपरिदिएको चारित्रिक भाष्यलाई पुरुषत्व मानिन्छ । पुरुष भनेको निडर, आक्रामक, क्रोधी, विजयी, हिंस्रक, प्रभुत्वशाली, प्रतिस्पर्धी, पुँजीपति, सर्वश्रेष्ठ आदि हुनु पर्छ भनी पुरुषवादी समाजले खडा गरेको पुरुषपनसम्बन्धी मापदण्ड नै विषाक्त पुरुषत्वको आधार हो । पुरुषत्वलाई सैद्धान्तिक पर्याधार बनाएर स्वस्थ पुरुषत्व मापनका सैद्धान्तिक मान्यताका आधारमा गुणात्मक ढाँचा अबलम्बन गरी यस उपन्यासमा प्रयुक्त पुरुष पात्रहरुको विचार र व्यवहारको विश्लेषण र मूल्याङ्कन गरिएको छ । समाजमा सबै पुरुषहरूका स्वभाव नकारात्मक मात्र हुँदैनन् भनी परम्परागत विषाक्त पुरुषत्वको आलोचना गर्दै शब्दातीत शान्तनु उपन्यासमा रहेका पुरुष पात्रको स्वस्थ व्यवहारलाई केलाउने प्रयास यस लेखमा गरिएको छ । उच्च र संभ्रान्त परिवारका पुरुष पनि सहयोगी, भावुक, कारुणिक, सकारात्मक र समानुभूति भावनाका हुन्छ भन्ने यथार्थ प्रतिबिम्बन यस उपन्यासले गरेको छ । स्वस्थ पुरुषत्वको कारण समाजमा देखिएका विभेदको अन्त्य भई समतामूलक समाजको निर्माण भएको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ। पारिवारिक एकता र समाजसेवाको भावना भएका उक्त उपन्यासका प्रतिनिधि पुरुष पात्र शान्तनुबाबूको विचार र व्यवहारलाई स्वस्थ पुरुषत्वको रूपमा विश्लेषण गरिएको छ । जसका कारण समाजमा मानवतावादी दृष्टिकोण उजागर भई जातीय, क्षेत्रीय, वर्गीय र लैङ्गिक विभेदको अन्त्य भई समतामूलक समाज निर्माण भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
148
PDF
67

Downloads

Published

2025-07-10

How to Cite

Pandey, I. (2025). शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व. Sahayaatra सहयात्रा, 8(1), 33–40. https://doi.org/10.3126/sahayaatra.v8i1.80930

Issue

Section

Research Article