इन्दिरा प्रसाईका कथामा लैङ्गिक प्रतिनिधित्व र पहिचान

Authors

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.80931

Keywords:

उत्पीडित वर्ग, पितृसत्ता, प्रभुत्वशाली वर्ग, लैङ्गिकता, वर्चस्व

Abstract

इन्दिरा प्रसाईका कथामा लैङ्गिक प्रतिनिधित्व र पहिचान शीर्षकको यस लेखमा लैङ्गिक प्रतिनिधित्व र पहिचान सम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा इन्दिरा प्रसाईका कथाहरूको विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिमा सम्पन्न यस लेखमा पुस्तकालयबाट सामग्रीको सङ्कलन गरिएको छ । यस क्रममा इन्दिरा प्रसाईका कथामा पात्रहरूको भूमिका अनुरूप तिनका लैङ्गिक प्रतिनिधित्वको विश्लेषण गरिनुका साथै नारी चरित्र र पुरुष चरित्रको प्रतिनिधित्व कसरी भएको छ भन्ने कुरा पनि केलाइएको छ । उनका कथाहरूमा समाजका विभिन्न लिङ्ग, वर्ग, समुदाय, धर्म, जाति, उमेर, संस्कृति आदिको प्रतिनिधित्व गर्ने पात्रहरू छन् । उद्देश्य प्राप्तिका निम्ति प्राथमिक सामग्रीका रूपमा कथाकार प्रसाईका कथालाई लिइएको छ र सैद्धान्तिक अवधारणा, पूर्वकार्य आदिलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । पुस्तकालयकार्यबाट सङ्कलित सामग्रीलाई प्रतिनिधि र पहिचानका आधारमा विश्लेषण गरी प्रसाईकाकथामा रहेको प्रतिनिधित्व र पहिचानको अवस्थालाई प्रस्ट पार्नु यसको लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
111
PDF
41

Downloads

Published

2025-07-10

How to Cite

Basnet, B. (2025). इन्दिरा प्रसाईका कथामा लैङ्गिक प्रतिनिधित्व र पहिचान. Sahayaatra सहयात्रा, 8(1), 41–48. https://doi.org/10.3126/sahayaatra.v8i1.80931

Issue

Section

Research Article