पारिजातका कवितामा पितृसत्ता

Authors

  • Maya Ghimire उपप्राध्यापक, नेपाली विभाग, राममणि बहुमुखी क्याम्पस, तिलोत्तमा रूपन्देही

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.80932

Keywords:

सत्तासम्बन्ध, उत्पीडन, विभेद, अपरिचयीकरण

Abstract

प्रस्तुत कविता पारिजातका कवितामा पितृसत्ताको विश्लेषणका केन्द्रित छ भने यसको शोध र शोध्य समस्या पनि यसैलाई बनाइएको छ । पुस्तकालयबाट सामग्रीको सङ्कलन गरिएको यस लेखका प्राथमिक सामग्री पारिजातका कविता मध्येबाट पितृसत्ताप्रधान अभिव्यक्ति भएका रचनालाई सोद्देश्य चयन गरिएको छ भने सैद्धान्तिक आधार र अवधारणा निर्माण गर्नका लागि द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र विषयवस्तु विश्लेषण विधिको उपयोग गरिएको यस लेखमा पाठमा प्रयोग भएका पितृसत्ताप्रधान कथनका आधारमा कृतिनिष्ठ व्याख्या गरिएको छ । पितृसत्तात्मक नेपाली समाजमा सांस्कृतिक र विचारधारात्मक रूपमा पुरुषमा निहित सत्ताका कारण नारीहरूको अवस्था किनारीकृत र पुरुषमा अन्तनिर्भर पहिचानमै सीमित रहेको छ । नेपाली समाजमा पितृसत्ताको वर्चस्व सांस्कृतिक रूपमा दमनकारी मात्र नभई नारी मनोविज्ञान र शरीरमा समेत पुरुषकै अधिकार हुन्छ भन्ने मान्यताका कारण उत्पीडनमा परेका नारीको अवस्थालाई पािरजातका कविताले अन्तर्वस्तुका रूपमा प्रस्तुत गरेका छन् । यस लेखमा पारिजातका कवितामा पितृसत्ताको स्वरूप कुन रूपमा अभिव्यक्त भएको छ भन्ने विषयलाई विश्लेषण गरी निष्कर्षसम्म पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
126
PDF
49

Downloads

Published

2025-07-10

How to Cite

Ghimire, M. (2025). पारिजातका कवितामा पितृसत्ता. Sahayaatra सहयात्रा, 8(1), 49–58. https://doi.org/10.3126/sahayaatra.v8i1.80932

Issue

Section

Research Article