याम्बुनेर कथासङ्ग्रहका कथामा जनजातीय पहिचान

Authors

  • Sumitra Devi Tamang उप–प्राध्यापक नेपाली विभाग, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0001-4746-6110

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.80939

Keywords:

उत्पीडन, उदयीमान, जनजातीयता, पहिचान, वर्चस्व

Abstract

याम्बुनेर बिना थिङद्वारा लिखित कथासङ्ग्रह हो । मूलतः पहिचानसम्बन्धी कथा लेख्ने थिङका यस कथासङ्ग्रहमा जम्मा तेह्रओटा कथाहरू सङ्गृहीत छन् भने सातओटा कथाहरू जनजातीय पहिचानका दृष्टिकोणबाट अत्यन्तै महŒवपूर्ण छन् । यसमा तामाङ जनजातिका भाषा, संस्कृति, खानपान र पेसालाई मुख्य पहिचानका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत लेख यसैसँग सम्बद्ध रहेको छ । यसका लागि सांस्कृतिक अध्ययनमा प्रमुख मानिने पहिचानको सिद्धान्तलाई मुख्य सैद्धान्तिक अवधारणा बनाइएको छ र यसैमा आधारित भएर कथामा जनजातीय पहिचानको खोजी गरिएको छ । जनजातीय पहिचान पनि स्थान, समय, परिस्थिति र सन्दर्भ विशेषमा भिन्न भिन्न हुन्छन् । याम्बुनेर कथासङ्ग्रहमा रहेका कथाहरू तामाङ जनजातीय संस्कृतिसँग सम्बद्ध भएकाले प्रस्तुत लेख उक्त सङ्ग्रहका कथामा तामाङ जनजातीय पहिचान कसरी प्रकट भएको छ भन्ने कुरामा मात्र केन्द्रित भई तयार पारिएको छ । लेख तयार पार्नका लागि पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । यस क्रममा याम्बुनेर कथा सङ्ग्रहलाई सोद्देश्य नमुना छनोट विधिद्वारा मुख्य वा प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने पहिचानसम्बन्धी सिद्धान्तका पुस्तक तथा समालोचनात्मक लेखरचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । गुणात्मक पद्धतिमा आधारित प्रस्तुत लेखमा पाठविश्लेषण विधिलाई मुख्य विधि बनाई विषयविश्लेषण गरिएको छ र अन्ततः प्रस्तुत कथासङ्ग्रहका कथा जनजातीय पहिचानका दृष्टिकोणबाट अत्यन्त उत्कृष्ट रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
168
PDF
73

Downloads

Published

2025-07-10

How to Cite

Tamang, S. D. (2025). याम्बुनेर कथासङ्ग्रहका कथामा जनजातीय पहिचान. Sahayaatra सहयात्रा, 8(1), 69–78. https://doi.org/10.3126/sahayaatra.v8i1.80939

Issue

Section

Research Article