प्रिज्मीय समाज र नेपाली राजनीतिक यथार्थता

Authors

  • Indira Devi Prasain उपप्राध्यापक, राजनीतिशास्त्र विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/sahayaatra.v8i1.81052

Keywords:

फ्यूज्ड सोसाइटी,, डिफ्र्याक्टेड सोसाइटी, प्रिज्म्याटिक सोसाइटी, तुलनात्मक सार्वजनिक प्रशासन

Abstract

प्रस्तुत अध्ययनले फ्रेड डब्ल्यू. रिग्सको प्रिज्मीय वा प्रिज्म्याटिक मोडल र नेपालको आधुनिक लोकतान्त्रिक व्यवस्थामा यो मोडलको सार्थकतालाई उजागर गर्न खोजेको छ । यसले नेपालमा लोकतान्त्रिक आदर्श र व्यवहारिक शासन व्यवस्था बीचको अन्तरलाई व्याख्या गरेको छ । यो अध्ययनको लागि गुणात्मक पद्धति, व्याख्यात्मक विधि र द्वितीय स्रोतहरूको प्रयोग गरिएको छ । तुलनात्मक सार्वजनिक प्रशासनमा रिग्सको यो मोडलले प्रशासनिक संरचनाहरूको अध्ययन गर्न एक सशक्त आधार प्रदान गर्दछ । यो अध्ययनले नेपाललाई प्रिज्म्याटिक समाजको रूपमा चित्रण गरेको छ, जहाँ पारम्परिक र आधुनिक दुवै प्रशासनिक अभ्यासहरू मिसिएका छन् । नेपाल लोकतान्त्रिक शासनको अभ्यासमा लामो समयदेखि रहेपनि रिग्सले वर्णन गरे जस्तो मुलुक संक्रमणकालीन चरणमा नै रुमल्लिरहेको देखिन्छ। परम्परागत शक्तिको स्थायित्व, विशेषज्ञताको कमी, नातावाद, कृपावाद जस्ता विकृतिहरूले  मुलुक आक्रान्त बनेको छ । नेपालका सार्वजनिक संस्थानहरूमा भागबण्डाको आधारमा गरिएको नियुक्तिले सरकारप्रति जनताको विश्वास दिनदिनै घटिरहेको छ । नेपालको लोकतान्त्रिक संरचना कायम रहँदा पनि, राष्ट्रले पारदर्शिता, जवाफदेहिता, र जनसहभागिताका चुनौतीहरू पार गर्दै विखण्डित समाजको आदर्श प्राप्त गर्नुपर्ने आवश्यकता छ । नेपालको राजनीतिक विकासलाई बुझ्न रिग्सको प्रिज्म्याटिक मोडेल एक महत्त्वपूर्ण उपकरण हो ।

Downloads

Download data is not yet available.
Abstract
77
PDF
34

Downloads

Published

2025-07-10

How to Cite

Prasain, I. D. (2025). प्रिज्मीय समाज र नेपाली राजनीतिक यथार्थता. Sahayaatra सहयात्रा, 8(1), 25–32. https://doi.org/10.3126/sahayaatra.v8i1.81052

Issue

Section

Research Article