मानव अधिकार र इतिहास-पुराणका मानवीय मूल्यहरू

Authors

  • Aindavi Sharma स्वतन्त्र लेखन र अध्यापन (पौरस्त्य वाङ्मय)

Keywords:

कर्तव्य, धर्म, न्याय, पुराण, मानव अधिकार, शास्त्र

Abstract

इतिहास र पुराणहरू वैदिक धर्मका महत्त्वपूर्ण ग्रन्थहरू हुन्, जो वेद, उपनिषद् र स्मृतिहरूपछि अग्रस्थानमा आउँछन्। संस्कृत वाङ्मयमा वाल्मीकि-रामायण र महाभारत इतिहासअन्तर्गतका ग्रन्थ छन् भने १८ महापुराण, १८ उपपुराण र १८ औपपुराणहरू पुराणअन्तर्गतका छन्। वेद र स्मृतिका कुरा सर्वसाधारणलाई बुझ्न गाह्रो भएकाले सरल कथाहरूका माध्यमबाट तिनलाई धर्म, दर्शन, संस्कृति इत्यादिका महत्त्वपूर्ण कुरा बुझाउन पुराणहरूको रचना गरिएको हो। पौराणिक कालमा सर्वसाधारणका निम्ति ज्ञानको एकमात्र स्रोत इतिहास र पुराण थिए, जसबाट धर्म, दर्शन, कला, साहित्य, न्याय, आचार, विधि, नियम इत्यादि जान्न सकिन्थ्यो। यिनै ऐतिहासिक र पौराणिक ग्रन्थहरूमा आधुनिक मानव अधिकारका अवधारणा र स्वरूप पनि पृथक् किसिमले कोरिएका भेटिन्छन्। यिनै ग्रन्थहरू तथा अन्य धर्मशास्त्रीय ग्रन्थहरूमा समेत पाइने मानव अधिकारसँग सम्बद्ध अवधारणा तथा विषयहरूको अन्वेषण यहाँ गरिएको छ। यस अध्ययनले आधुनिक मानव अधिकारका नियम बन्नुभन्दा हजारौँ वर्षअगाडिका प्राचीन पौरस्त्य शास्त्रहरूमा मानवीय मूल्य, मान्यता, मर्यादा, सामाजिक न्याय र लोककल्याणका अवधारणाहरू धर्म-संस्कृतिका रूपमा रहेको कुरा पुष्टि गर्दछ। अठार महापुराण, महाभारत, रामायण तथा मनुस्मृतिजस्ता ग्रन्थहरूको अध्ययन र विश्लेषण गर्दा प्राचीन पौराणिक समाजमा पनि स्वतन्त्रता, समानता, सकारात्मक विभेद, न्याय, जीविका, स्वास्थ्य र सामाजिक संरक्षणलगायतका आधारभूत मानव अधिकारहरू केही भिन्न तथा विशिष्ट रूपले रहेको कुरा बुझ्न सकिन्छ।

Abstract
5
PDF
0

Downloads

Published

2026-06-27

How to Cite

मानव अधिकार र इतिहास-पुराणका मानवीय मूल्यहरू. (2026). Sambahak: Human Rights Journal, 26(1), 29-49. https://doi.org/10.3126/sambahak.v26i1.96280

Issue

Section

Articles

How to Cite

मानव अधिकार र इतिहास-पुराणका मानवीय मूल्यहरू. (2026). Sambahak: Human Rights Journal, 26(1), 29-49. https://doi.org/10.3126/sambahak.v26i1.96280