वेद संहिता र भगवद्गीतामा मानव अधिकार

Authors

  • Krishna Chandra Sharma पूर्व प्रमुख,अंग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय,, नेपाल

Keywords:

कर्मयोग, भक्ति, ज्ञान, आदर्श जीवन, मानव अधिकार

Abstract

मानव अधिकारको विषय मानव अस्तित्वसँगै सुरु भएको थियो। संविधान र कानुनले वर्तमान स्वरूप प्राप्त नगर्दासम्म हिन्दु समाजमा वैदिक साहित्यमा नै मानव अधिकार र कर्तव्यका प्रावधान थिए। खासगरी संयुक्त राष्टसङ्घले १० डिसेम्बर सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेपछि यसको आधारमा मानव अधिकार सम्बन्धी धेरै महासन्धिहरू निर्माण भएका छन् ।नेपाल पनि विभिन्न महासन्धिहरूको पक्ष राष्ट्र बनेको छ। यस लेखमा प्राचीन मानव अधिकारको अवधारणालगायतका विषयहरूमा चर्चा  गरिएको छ। वैदिक साहित्यहरूमध्ये वेद संहितामा र वेदान्त ग्रन्थ भगवद्गीतामा मानवजीवनलाई सफल बनाउनका लागि श्रीकृष्ण र अर्जुनबीचको संवादका क्रममा अभिव्यक्त महत्त्वपूर्ण विचारले मानव अधिकारको सन्दर्भलाई कसरी सहयोग गर्छन् भन्ने सम्बन्धमा यो लेख केन्द्रित छ। गीतामा कर्तव्यपालनलाई कर्मयोगका रूपमा र जीवनको गुह्य बुझ्न आवश्यक ज्ञानलाई ज्ञानयोगका रूपमा (साङ्ख्य योग)  कर्म र ज्ञानको प्राप्तिअनन्य आस्था र श्रद्धालेमात्र सम्भव हुने हुनाले त्यस्तो समर्पणका भावलाई भक्तियोगका रूपमा व्याख्या गरिएको छ। श्रद्धा र समर्पणविना कुनै पनि ज्ञान आत्मसात हुँदैनत्यसैगरी श्रद्धा र ज्ञानविना कुनै पनि कर्म निष्ठासाथ गर्न सकिँदैन। अनन्य भक्ति, गहिरो ज्ञान र कर्तव्यका रूपमा कर्मठ रही रहने व्यक्ति र समुदायले अरूको मानव अधिकारको कदापि हनन गर्दैन, बरू सहयोग नै गर्दछ। कर्मयोगको जीवन शैलीले व्यक्तिलाई निस्वार्थी र कर्तव्यपरायण बनाउँछ, जुन कुरा मानव अधिकारका लागि अपरिहार्य हुन्छ।

Abstract
4
PDF
0

Downloads

Published

2026-06-27

How to Cite

वेद संहिता र भगवद्गीतामा मानव अधिकार. (2026). Sambahak: Human Rights Journal, 26(1), 50-70. https://doi.org/10.3126/sambahak.v26i1.96281

Issue

Section

Articles

How to Cite

वेद संहिता र भगवद्गीतामा मानव अधिकार. (2026). Sambahak: Human Rights Journal, 26(1), 50-70. https://doi.org/10.3126/sambahak.v26i1.96281