@article{भट्ट Bhatta_2021, title={विद्यालय शिक्षामा योग शिक्षाको आवश्यकताप्रतिको धारणा Biddhyalaya Shikshyama Yog Shikshyako Aabashyakatapratiko Dharana}, volume={3}, url={https://www.nepjol.info/index.php/scholars/article/view/37299}, DOI={10.3126/scholars.v3i0.37299}, abstractNote={<p>योग शिक्षा एक प्राचीनकालीन शिक्षा पद्धति हो । वर्तमान समयमा यसको आवश्यकता एवं महइभ्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसको फलस्वरूप योग शिक्षालाई पाठ्यक्रममा समावेश गरी अनिवार्य रूपमा विद्यार्थीहरूलाई ज्ञान दिनु आवश्यक भइसकेको छ । ऐच्छिक विषयका रूपमा योग शिक्षालाई माध्यमिक तहको पाठ्यक्रममा समावेश गरे तापनि यसको कार्यान्वयनको अवस्था भने नगण्य मात्रामा रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय शिक्षामा योग शिक्षाको आवश्यकता पत्ता लगाउनु र योग शिक्षाप्रति प्र.अ. शिक्षक, विद्यार्थी र अभिभावकको धारणा पहिचान गर्नु रहेको छ । अनुसन्धानको क्रममा छलफल र अन्तर्वार्ताको माध्यमबाट प्र.अ।, शिक्षक, विद्यार्थी र अभिभावकको धारण पत्ता लगाउन धारणा स्केलको प्रयोग गरिएको छ । प्र.अ. तथा शिक्षकबाट विद्यालय शिक्षामा योग शिक्षा वर्तमान समयमा अति आवश्यक भएको र यसको कार्यन्वयन प्राथमिक तहदेखि नै हुनुपर्ने धारणा आएको छ भने केही प्र.अ. र शिक्षकबाट योग शिक्षा माध्यमिक तहदेखि माथि उपयुक्त हुने धारणा आएको छ । छलफल र अन्तर्वार्ता जस्ता कार्यक्रम सञ्चालन गर्दा योग शिक्षालाई पाठ्यव्रmममा समावेश गरिनु नितान्त आवश्यक रहेको कुरा अभिभावकबाट आएको छ । योग शिक्षा आवश्यकताको सम्वन्धमासकारात्मक धारण आएको र योग शिक्षा कार्यान्वयनमा सम्बन्धमा समस्या देखिएको छ । सूचनासङ्कलनका क्रममा प्रयोग गरिएका साधनबाट योग शिक्षालाई वर्तमान समयमा विश्व समुदायले नै स्वीकार गरिसकेको कुरा पनि सामुन्ने आएको छ । तसर्थ योग शिक्षा पाठ्यव्रmममा समावेश गरिनु अति आवश्यक छ । प्राप्ति र निष्कर्षका रूपमा भन्नु पर्दा योग शिक्षाको वर्तमान समयमा आवश्यकता रहेको र सरोकारवाला व्यक्ति सक्रिय भए यसको कार्यान्वयन पनि गर्न सकिने धारणा आएको छ ।योग शिक्षालाई विद्यालय शिक्षामा समावेश गर्न सकेमा यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने धारणा अधिकांश सूचनादाताबाट आएको छ । तसर्थ योग शिक्षाले मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा योग शिक्षालाई विद्यालय शिक्षामा कार्यान्वयन गर्नुपर्ने आजको नितान्त आवश्यकता रहेको छ ।</p>}, journal={Scholars’ Journal}, author={भट्ट Bhatta गणेश Ganesh दत्त Datta}, year={2021}, month={May}, pages={220–233} }