नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण

Authors

  • Posta Raj Aryal Shaheed Smriti Multiple Campus, Chitwan, Nepal.

Keywords:

शैलीवैज्ञानिक वर्गीकरण, प्रमुखपात्र पात्राको आर्थीअभिलक्षण

Abstract

प्रस्तुत लेख नाटककार बालकृष्ण समको “प्रेमपिण्ड” नाटकका पात्रको शैलीवैज्ञानिक अध्ययन गरिएको छ । यसमा मोहनाराज शर्माको शैलीविज्ञान (२०५९) कृति अन्तर्गत रहेर पात्रहरुको तालिकीकरणद्वारा शैलीपरक एवम् आर्थी अभिलक्षण देखाई अध्ययन गर्ने उद्देश्य राखिएको छ । यस लेखमा प्रेमपिण्ड नाटक भित्रका पात्रहरुको खोजि गर्ने क्रममा प्रमुख पात्रहरु तथा अन्य विशेष चर्चामा आएका पात्रपात्राको शैली परक वर्गीकरण देखाइ अन्तमा निष्कर्ष प्रस्तुत गरिएको छ । यहाँ पात्र एवम् सहभागीलाई वर्गीकरण गर्ने विभिन्न आधारहरुमध्ये शैलीवैज्ञानिक मान्यतालाई प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । समको प्रस्तुत नाटक नाट्य यात्राकै सबैभन्दा ठूलो (३ भाग ९ अंक भएको) एक बृहत् आकारको (वि.सं. १९०५–१९६५ सम्मको)े दरवारीया परिवेशको अन्तरंग चित्रणमा केन्द्रित रहेको हुँदा यस नाटकको पात्र विधान पनि विविधतामय रहेको देखिन्छ । तसर्थ यस लेखमा विभिन्न उपशीर्षकहरु दिई विश्लेषण गरिएको छ । वास्तवमा भन्ने हो भने हालसम्म समको प्रेमपिण्ड (२००९) नाटकका पात्रको अन्य–अन्य कोणबाट अध्ययन विश्लेषण भएता पनि पात्रको शैलीवैज्ञानिक अध्ययन नभएको परिस्थितीमा मोहनराज शर्माको शैलीविज्ञान (२०५९) को मान्यताका आडमा यो आलेखन गरिएकाले साहित्यको शैलीवैज्ञानिक मान्यताका कसीमा यस नाटकमा प्रयुक्त पात्र एवम् सहभागीहरुको अध्ययन तयार गरिएको छ ।

Abstract
128
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण. (2024). Shaheed Smriti Journal, 13(10), 174-199. https://doi.org/10.3126/shaheedsmriti.v13i10.76823

Issue

Section

Articles

How to Cite

नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण. (2024). Shaheed Smriti Journal, 13(10), 174-199. https://doi.org/10.3126/shaheedsmriti.v13i10.76823