चीरहरण उपन्यासमा नारीवादी चेतना {Feminist Consciousness in Chirharan Novel}

Authors

  • अम्बिका Ambika अर्याल Aryal Tribhuvan University

Keywords:

वैयक्तिकता, लैङ्गिकता, पितृसत्ता, नारीवाद

Abstract

प्रस्तुत अध्ययनमा अस्तित्ववादी नारीवादी सिमोन द बुभोले अघि सारेको नारीवादी विचारलाई आधार बनाएर नीलम कार्की निहारिकाको चीरहरण उपन्यासमा प्रस्तुत नारीवादी चेतनाको निरूपण गरिएको छ । नारीलाई दोस्रो दर्जाका नागरिकमा रूपमा हेर्ने परिपाटीको विरूद्धमा नारी तथा पुरूषपात्रमा जागृत चेतनालाई प्रस्तुत गरिएको यस उपन्यासको नारीवादी विश्लेषणका लागि नारी अस्तित्वप्रतिको चेतना तथा नारीविभेदको विरोधप्रतिको चेतनालाई विश्लेषणका मूल आधार मानिएको छ । नारी अस्तित्वप्रतिको चेतनाभित्र नारीको पहिचान एवम् स्वतन्त्र अस्तित्वप्रतिको चेतना, नारीको वैयक्तिक अधिकारप्रतिको चेतना, पितृसत्तात्मक दमन तथा महिला हिंसाप्रतिको विरोध सम्बन्धी चेतनाका साथै राजनीति र शक्ति संरचनामानारीको समान सहभागिताप्रतिको चेतनालाई र नारीविभेदको विरोधप्रतिको चेतनाभित्र लैङ्गिक विभेदएवम् समानताप्रतिको चेतना, जातीय एवम् वर्गीय विभेदप्रतिको चेतनाका साथै धार्मिक एवम् सांस्कृतिक विभेदप्रतिको चेतनालाई उपन्यास विश्लेषणका ढाँचा मानिएको छ । विवेच्य उपन्यासका सापेक्षमा निर्धारण गरिएका नारीवादी प्रवृत्तिका यी विविध बुँदाहरूका आधारमा उपन्यासका साक्ष्यको विश्लेषणबाट यस उपन्यासमा नारीहरूलाई शारीरिक रूपमा भिन्न भएकैले लैङ्गिक आधारमा विभेद गर्ने, दमन गर्ने, हेप्ने तथा कमजोर मानव ठानी विभिन्न किसिमका हेयपूर्ण उपमा दिने प्रवृत्तिको विरोध गरिएकाले लैङ्गक विभेद र समानताप्रतिको चेतना मुखरित बन्न पुगेको निष्कर्ष निकालिएको छ । यस्तै पितृसत्तात्मक समाजमा लिङ्गका आधारमा नारीको बौद्धिकता र क्षमतामाथि बन्देज तथा विभेद गरिने परिपाटीको समेतविरोध गरिएको, नारीलाई धर्म र संस्कृतिले निर्माण गरेका विभिन्न कुरीतिको फन्दामा बेरिने प्रवृत्तिदेखि लिएर राजनीति, शक्तिसम्बन्ध तथा वैयक्तिक निर्णयमा समेत नारीको स्वतन्त्रताको पक्षमा आवाज उठाइएको हुनाले नारी अस्तित्वप्रतिको चेतना तथा नारीविभेदप्रतिको विरोधको चेतना सशक्त बनेको तथ्यपनि प्रस्तुत गरिएको छ । महाभारतकालीन समयका पात्र तथा घटनालाई लिएर वर्तमान परिवेशका तादात्म्यमा पुनर्लेखन गरिएको प्रस्तुत उपन्यासमा अस्तित्ववादी नारीवादी प्रवृत्ति सशक्त बन्न पुगेको निष्कर्ष यस अध्ययनले निकालेको छ ।

Abstract
432
PDF
11

Downloads

Published

2022-08-31

How to Cite

अर्याल Aryal अ. A. (2022). चीरहरण उपन्यासमा नारीवादी चेतना {Feminist Consciousness in Chirharan Novel}. Shanti Journal, 1(1), 290-304. https://doi.org/10.3126/shantij.v1i1.47923

Issue

Section

Articles

How to Cite

अर्याल Aryal अ. A. (2022). चीरहरण उपन्यासमा नारीवादी चेतना {Feminist Consciousness in Chirharan Novel}. Shanti Journal, 1(1), 290-304. https://doi.org/10.3126/shantij.v1i1.47923