गहुँगोरो अफ्रिका कवितामा दलित चेतना {Dalit Consciousness in Wheat Africa Poetry}
DOI:
https://doi.org/10.3126/shantij.v1i1.47924Keywords:
शूद्र, शक्तिसम्बन्ध, वर्णाश्रम, दलित चेतना, धर्मशास्त्रAbstract
प्रस्तुत शोधलेख आहुतिद्वारा रचना गरिएको ‘गहुँगोरो अफ्रिका’ कवितामा चित्रित दलित चेतनाको अध्ययनसँग सम्बन्धित छ । यस लेखमा सदियौँदेखि उत्पीडनमा पारिएका दलितहरूको प्रतिनिधित्व गहुँगोरो अफ्रिका कवितामा के कसरी गरिएको छ र दलितहरूले आफुमाथि भएको दलनविरूद्ध केकस्तो प्रतिरोध गरेका छन् भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयास गरिएको छ । यस अध्ययनका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएका छन् । साथै ओमप्रकाश वाल्मीकि, चमनलाल तथा शरणकुमार लिंबालेका दलित सौन्दर्यशास्त्रीय अवधारणालाई आधार बनाई निष्कर्षसम्म पुग्नका लागि विश्लेषण तथा तर्क विधिको उपयोग गरिएको छ । अध्ययनका क्रममा कवितामा नेपालका सम्पूर्ण भूगोलका र विभिन्न दलित समुदायका कामी, दमाई, च्यामे, गाइने, बादी, मुसहर र सार्कीको प्रतिनिधित्व गरिएको र यिनीहरूलाई बिसौँ शताब्दीका जातीय अस्तित्व चेतयुक्त पात्रका रूपमा उपस्थित गराएर यी पात्रबाट दलनविरूद्ध जुझारू प्रतिरोध गरिएकाले ‘गहुँगोरो अफ्रिका’ दलित चेतनाका दृष्टिले सशक्त कविता बन्न पुगेको निष्कर्ष निकालिएको छ ।
Downloads
36
28
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.