गणतन्त्रोत्तर नेपाली कवितामा लैङ्गिक प्रतिरोध

Authors

  • तारादेवी काफ्ले

DOI:

https://doi.org/10.3126/shantij.v3i1-2.60888

Keywords:

उत्पीडित, उत्पीडित पितृसत्ता, प्रतिरोधी चेतना, लैङ्गिक

Abstract

गणतन्त्रोत्तर नेपाली कविता (२०६२\६३–२०७७) मा समेटिएका विभिन्न विषयमध्ये लैङ्गिक  प्रतिरोध एउटा अध्ययनीय विषय रहेको छ । यस समयमा नेपाली समाजमा आएको सामाजिक–सांस्कृतिक परिवर्तनले नारीचेतनाको विकासमा ठुलो प्रभाव पारेको छ । तसर्थ यस समयका कवितामा उत्पीडनकारी पितृसत्ताले उत्पीडित महिलामाथि गर्ने लैङ्गिक  उत्पीडनविरुद्धको प्रतिरोधलाई केकसरी व्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान खोज्ने प्रयास यस शोधलेखमा गरिएको छ । यस शोधलेखका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयीय कार्यबाट सब्कलन गरिएका छन् । लैङ्गिक  प्रतिरोधसम्बन्धी यस शोधपरक लेखमा गायत्री चक्रवर्ती स्पिभाकको सबाल्टर्न आवाज र मिचेल फुकोको प्रतिरोध सम्बन्धी मान्यतालाई आधार बनाई तर्क तथा विश्लेषण विधिको उपयोग गरिएको छ । अध्ययनका क्रममा पितृसत्ताले महिलामाथि गरेका सामाजिक–सांस्कृतिक, जातीय तथा यौनिक उत्पीडनविरुद्धको प्रतिरोधलाई गणतन्त्रोत्तर नेपाली कवितामा सशक्त ढंगमा   व्यक्त गरिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
8

Downloads

Published

2023-12-29

How to Cite

काफ्ले त. (2023). गणतन्त्रोत्तर नेपाली कवितामा लैङ्गिक प्रतिरोध. Shanti Journal, 3(1-2), 181–198. https://doi.org/10.3126/shantij.v3i1-2.60888

Issue

Section

Articles