एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर

Authors

  • टीकाराम नेपाल उप–प्रध्यापक , विश्वशान्ति चिरन–मिलन क्याम्पस

Keywords:

नियामक, निर्गुण, परब्रह्म, प्रत्यावर्तन, षड्दर्शन

Abstract

एकतर्फी यात्राको यात्री म’ निबन्धमा ईश्वरचिन्तन शीर्षकको प्रस्तुत लेख दार्शनिक विषय क्षेत्रअन्तर्गत ईश्वरचिन्तनप्रति केन्द्रित रहेको छ । पूर्वीय वैदिक षड्दर्शनका आधारमा ।एकतर्फी यात्राको यात्री म’ शीर्षक निबन्धमा ईश्वरचिन्तन पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यहाँ राजेन्द्र सुवेदीको जीवन–गोप्य लिसबन्दी खाम निबन्ध सब्ग्रहभित्र रहेको ।।।एकतर्फी यात्राको यात्री म’ शीर्षक निबन्धलाई प्राथमिक स्रोतका रूपमा लिई साब्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त जस्ता पूर्वीय वैदिक षड्दर्शनको ईश्वरसम्बन्धी अन्य कृतिलाई द्वितीयक सामग्रीको रूपमा लिइएको छ । पूर्वीय वैदिक षड्दर्शनको ईश्वरसम्बन्धी मान्यताका आधारमा विभिन्न साक्ष्यहरूको व्याख्या, विवेचना गरी प्रस्तुत निबन्धमा वैदिक षड्दर्शनको गहिरो प्रभाव रहेको देखाइएको छ । सिद्धान्तका आधारमा पाठको विश्लेषण गरिएकाले यस लेखमा मूलतः निगमनात्मक र आवश्यकताअनुसार आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । पूर्वीय षड्दर्शनले ईश्वरलाई सृष्टि, स्थिति र प्रलयको कारण, प्रकृति र पुरुषका बिचको सम्बन्धकारक तत्व, चराचर जगत्को नियामक, परमाणुलाई संयोजन गराउने निमित्त कारण, पदार्थको ज्ञान, पदार्थको चालयमान शक्ति, आत्मा तत्व, ब्रह्म तत्व आदिका रूपमा लिइएको कुरा यी दर्शनहरूको सारका रूपमा उल्लेख गरिएको छ । प्रस्तुत निबन्धमा ईश्वरीय चिन्तनका सन्दर्भमा निबन्धकारले आफूलाई कुनै एक दार्शनिक मान्यतामा मात्र अडिक नराखी षड्दर्शनका विभिन्न मान्यतालाई यथास्थानमा प्रयोग गरेको देखाइएको छ, साथै साब्ख्य, वैशेषिक र न्यायदर्शनको प्रयोग तुलनात्मक रूपमा बढी भएको निष्कर्ष निकालिएको छ ।

Abstract
205
PDF
0

Downloads

Published

2023-12-29

How to Cite

एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर. (2023). Shanti Journal, 3(1-2), 215-224. https://doi.org/10.3126/shantij.v3i1-2.60989

Issue

Section

Articles

How to Cite

एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर. (2023). Shanti Journal, 3(1-2), 215-224. https://doi.org/10.3126/shantij.v3i1-2.60989