नेपाली काँग्रेसका तीन सशस्त्र क्रान्तिमा मिडियाको प्रयोग {Use of media in three armed revolutions of Nepali Congress}

Authors

  • जगत Jagat नेपाल Nepal Ratna Rajyalaxmi Campus. TU, Nepal

DOI:

https://doi.org/10.3126/ss.v6i1.63109

Keywords:

पत्रकारिता Journalism, नेपाली काँग्रेस Nepali Congress, प्रजातन्त्र Democracy, सशस्त्र क्रान्ति, armed revolution, निरंकुश व्यवस्था Autocratic System

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेसलेगरेका तीनओटा सशस्त्र क्रान्ति र त्यस क्रममा मिडियालाई कसरी प्रयोग गरिएकोथियो भन्ने विषयमा केन्द्रित छ । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भएर वि.सं.२००६ सालमा नेपाली काँग्रेसको स्थापना भए लगत्तै निरंकुश राणा शासनको अन्त्यका लागि २००७ सालमा पहिलो पटक हतियार उठाएको नेपाली काँग्रेसले प्रजातन्त्र स्थापनाका लागि २०१८ र २०२८ गरी तीन पटक सशस्त्र क्रान्ति गर्यो । पहिलो क्रान्तिबाट १०४ वर्षे राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गरे पनि उसले चलाएका दुई ओटा क्रान्ति भने सफल हुन सकेनन् । पञ्चायत विरुद्ध काँग्रेसले चलाएको क्रान्तिका क्रममा वि.सं.२०३१ सालमा ओखलढुङ्गामा कव्जा गरी समानान्तर सरकार चलाउने योजना विफल भएपछि संस्थापक नेता बीपी कोइरालाले क्रान्तिको बाटो त्यागेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराए । नेपालको जेठो दल नेपाली काँग्रेसले सशस्त्र क्रान्तिका समयमा मिडियाकोउपयोग कसरी गरेको थियो भन्ने विषयमा अनुसन्धान गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो ।

Downloads

Download data is not yet available.
Abstract
213
PDF
45

Author Biography

जगत Jagat नेपाल Nepal, Ratna Rajyalaxmi Campus. TU, Nepal

Lecturer

Downloads

Published

2023-12-31

How to Cite

नेपाल Nepal ज. J. (2023). नेपाली काँग्रेसका तीन सशस्त्र क्रान्तिमा मिडियाको प्रयोग {Use of media in three armed revolutions of Nepali Congress}. Shikshya Sandesh, 6(1), 1–6. https://doi.org/10.3126/ss.v6i1.63109

Issue

Section

Articles