तनहुँको स्थानीय प्रशासनको इतिहास (वि.सं. १८३९–१९०३) {History of Local Administration in Tanahun (1839-1903)}

Authors

  • तिलु थापा Tilu Thapa श्रेष्ठ Shrestha University Campus, Tribhuvan University, Kritiput, Kathamandu, Nepal

DOI:

https://doi.org/10.3126/ss.v6i1.63110

Keywords:

अमानत, मौजा, थुम, इजारा, सिर्तो, Amanat, Mauja, Thum, Ijara

Abstract

उत्तर मध्यकालमा नेपालमा साना ठूला गरी करिब ५२ ओटा राज्यहरु अस्तित्वमा थिए । यी राज्यहरु गण्डकी प्रदेशमा चौबिस वटा, कर्णाली प्रदेशमा बाइस वटा, पूर्वमा सेनहरुका तीन ओटा र उपत्यकामा मल्लहरुको तीनओटा राज्यहरु थिए । गण्डकी प्रश्रवण क्षेत्रमा पर्ने भए पनि गोरखा राज्य चौबिसी राज्यअन्तर्गत पर्दैनथ्यो । यही गोरखा राज्यको राजा पृथ्वीनारायण शाहले आरम्भ गरेको नेपाल बिजयी अभियान उनकोसन्नतीहरुले पूरा गरी सिंगो राष्ट्र नेपाल निर्माण गरे । तनहुँ राज्य वि.सं. १८३९ कार्तिकमा नेपाल अधिराज्यमा एकीकरण भएको हो । तनहुँ राज्यको कमजोर प्रशासनिक व्यवस्था, मजबुत सैनिक संगठनको अभाव, राज्य संकटमा परेको समयमा जनसहभागिता जुट्न नसक्नुर तनहुँका राजाहरुले गोरखा राज्यको बढ्दो शक्ति र कुटनीतिक क्षमता चिन्न र बुभ्mन नसक्नु तनहुँ राज्य पतन हुनाका प्रमुख कारणहरु हुन् । राज्य नरहेपछि तनहुँको प्रशासन सिधै केन्द्रबाट संचालन हुन थाल्यो । स्थानीय प्रशासनिक पदाधिकारी अर्थात् तालुकदारका रुपमा सेन राजाकै भारदारहरुलाई नियुक्त गरिएको पाइन्छ । यस्ता तालुकदारहरु अमाली, जिम्मावाल, मुखिया, जेठाबुढा, थरी, द्वारे आदि थिए । सेन राज्यको पतन पछि तनहुँको प्रशासनिक अवस्थासम्बन्धी विषयवस्तुहरुलाई उजागर गर्ने उद्देश्यले प्रस्तुत लेख तयार पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
17

Author Biography

तिलु थापा Tilu Thapa श्रेष्ठ Shrestha, University Campus, Tribhuvan University, Kritiput, Kathamandu, Nepal

Lecturer

Downloads

Published

2023-12-31

How to Cite

श्रेष्ठ Shrestha त. थ. T. T. (2023). तनहुँको स्थानीय प्रशासनको इतिहास (वि.सं. १८३९–१९०३) {History of Local Administration in Tanahun (1839-1903)}. Shikshya Sandesh, 6(1), 7–13. https://doi.org/10.3126/ss.v6i1.63110

Issue

Section

Articles