दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}

Authors

  • यमनाथ Yemnath तिमिल्सिना Timilsina Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

DOI:

https://doi.org/10.3126/ss.v6i1.63112

Keywords:

रागतान, भाइभारदार, पैठ हुनु, जाई कटक, कुरुक्षेत्रको मेला, Ragtan, Bhaibhardar, Jaikatak, Kurukshetrako mela

Abstract

दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिमतिर भाइभारदारहरूलाई दरबारमा भेला गराएर राजकाजका निम्ति अत्यावश्यक नीति समेटेर दिएको मार्गदर्शन वा सूक्ति सङ्ग्रहलाई ‘दिव्योपदेश (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको प्रयोग गरेर प्राथमिक तथा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीहरुको अध्ययनबाट प्राप्त भएका वस्तुतथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । अत्यावश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । सूक्तिको सैद्धान्तिक धरातल र ऐतिहासिक पृष्ठभूमिमा रहेर दिव्योपदेशमा व्यक्त सूक्तिहरूको विश्लेषण गर्दा अर्थनीति, उपदेश परम्परा, कूटनीति, कृषि तथा व्यापार, धर्मसंस्कृति, परराष्ट्रनीति, युद्धनीति, राजनीति, राष्ट्रप्रेमजस्ता चललाई मुख्य आधार मानी उक्त चलका आधारमा अध्ययन विश्लेषण गर्दा दिव्योपदेश सूक्तिका हिसाबले उत्कृष्ट नमुना देखिएको छ । शाहलेआफ्ना भाइभारदारहरूलाई विभिन्न विषय समेटी छरिएकै रूपमा महत्त्वपूर्ण अर्ती–उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचार, अनुभव र अनुभूति समयसापेक्ष, ओजन्दार र गहन छन् । यस्तो महत्त्वपूर्ण कृतिको सूक्तिका आधारमा विश्लेषण भएकोपाइँदैन । तसर्थ यस आलेखमा यही रिक्ततालाई पूर्णता दिने काम गरिएको छ । विभिन्न चलहरूका आधारमा दिव्योपदेशमा प्रस्तुत सूक्तिहरूको विश्लेषण नयाँ कार्य भएकालेयस आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि अध्ययन गर्न मिल्नेदिव्योपदेशलाई यहाँ सूक्तिको सैद्धान्तिक अवधारणाका आधारमा चलहरू चयन गरी त्यही आधारमा विश्लेषण गरी समयसापेक्षित महत्व रहेको निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
17

Author Biography

यमनाथ Yemnath तिमिल्सिना Timilsina, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

Assistant Professor

Downloads

Published

2023-12-31

How to Cite

तिमिल्सिना Timilsina य. Y. (2023). दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}. Shikshya Sandesh, 6(1), 19–29. https://doi.org/10.3126/ss.v6i1.63112

Issue

Section

Articles