पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}

Authors

  • रेशमबहादुर Reshambahadur सुवेदी Subedi Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

DOI:

https://doi.org/10.3126/ss.v6i1.63113

Keywords:

संस्कृति जडीबुटी, जडीबुटी, पाठयक्रम, संस्कृति, Jadibuti

Abstract

प्रस्तुत अनुसन्धान पाठ्यक्रम बिकासमा जडीबुटी सँस्कृतिको महत्व शीर्षकमा आधारित छ । अध्यनको उद्देश्य जडीबुटी सँस्कृतिको पाठ्यक्रम बिकासमा महत्व पत्ता लगाउनु रहेको छ । संस्कृति मानिसले आफ्नो अनुभव एव क्षमताको प्रयोग गरीनिर्माण गरिएको मूल्य र मान्यता हो, यसले व्यक्ति र समाजलाई मार्गनिर्देशन गर्दछ । पाठ्यक्रम विकास गर्दा समाजको सँस्कृति सँग सम्बन्धित सिद्धान्तको प्रयोग गरिन्छ । यस अध्ययनमा द्वितियक स्रोतका तथ्याङ्ककको प्रयोग गरी संकलन गरिएका सुचनालाई विषयवस्तु विश्लेषण विधिबाट विश्लेषण गरीनिष्कर्ष निकालिएको छ । नेपालमा वनस्पति मानव संस्कृतिको रुपमा विकास भएको छ । विशषगरी नेपालको हिमाली क्षेत्रमा वहुमुल्य जडीबुटी पाइने हुनाले यस क्षेत्रमा जडीबुटीको बारेमा थुप्रै खोज अनुसन्धान भएका छन । जुडीवुटीबाट उपचार गर्ने पद्धति आयूर्वेदमा जडीबुटीको बारेमा व्याख्या हाम्रा वैदिक ग्रन्थहरुमा गरेको पाइन्छ । वैदिक ग्रन्थलाई ब्रम्हाले रचना गरेको मानिन्छ । यसरी हेर्दा जडीबुटीको प्रयोग व्रहको पालादेखि नै हुने गरेको मान्न सकिन्छ । जडीबुटी र पाठ्यक्रम सम्बन्धी विभिन्न समयमा भएका खोज अनुसन्धानले, समाजको सँस्कृतिलाई समेटेर पाठ्यक्रम निर्माण नभएकोमा सरोकारवालाहरुको पाठ्यक्रमप्रति नकरात्मक धारणा रहेको तरसमाजको आवश्यकतालाई समेटेर निर्माण गरिएकोमा सरोकारवालाहरुको सकरात्मक धारणा रहेको छ । जडीबुटीको सम्बन्ध मानिसको हरेक पक्षसँग जोडिएको छ । जडीबुटीकोप्रयोग खाना, लगाउन, बास वनाउन, स्वास फेर्न सम्पूर्णमा भएको पाइन्छ । जडीबुटी मानव जातिको संस्कृतिकको रुपमा विकास भएको छ । पाठ्यक्रम विकासको आधारसमाजको हो, संस्कृति समाजमा प्रयोग हुने जडीबुटीसँग जोडिएको हुन्छ । यसरी पाठ्यक्रम विकासमा र जडीबुटीको सँस्कृति महत्वपूर्ण रहेन्छ । पाठ्यक्रम शिक्षाको आधारहो, देश बिकासलाइ निर्देशन गर्ने काम शिक्षाले गर्दछ । हाम्रो देशको संस्कृति, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय, सम्पूर्ण बिकासमा जडीबुटीको महत्वपूर्ण भूमिका देख्न सकिन्छ, त्यसैले पाठ्यक्रमको बिकास गर्दा पाठ्यक्रममा जडीबुटीलाइ समावेश गर्नुपर्छ भन्ने अध्ययनको निष्कर्ष छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
65

Author Biography

रेशमबहादुर Reshambahadur सुवेदी Subedi, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

Assistant Professor

Downloads

Published

2023-12-31

How to Cite

सुवेदी Subedi र. R. (2023). पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}. Shikshya Sandesh, 6(1), 30–36. https://doi.org/10.3126/ss.v6i1.63113

Issue

Section

Articles