संस्कृत भाषिक चिन्तनमा शब्दार्थको सम्बन्ध {The Relationship of Vocabulary in Sanskrit Linguistic Thought}
DOI:
https://doi.org/10.3126/shss.v1i2.87655Keywords:
वैदिक, लौकिक, निरूक्त, निघण्टु, स्फोटवादAbstract
प्रस्तुत लेख संस्कृत भाषिक चिन्तनअन्तर्गत शब्द र अर्थबिचको सम्बन्धमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा रहेको प्रस्तुत लेख वर्णनात्मक तथा विश्लेषणात्मक विधि अपनाई तयार पारिएको छ । यस अध्ययनका लागि पुस्तकालयीय कार्य, मुडलमा राखिएको सामग्री र विभिन्न अनलाइनबाट सामग्रीको सङ्कलन गरिएको छ । पूर्वीय साहित्यशास्त्रीहरूले वैदिक युगबाट पनि शब्द र अर्थका बारेमा प्रशस्त चिन्तन गरेका छन् । वैदिक युगका यास्क र लौकिक युगमा पाणिनि, कात्यायन, पतञ्जलि, भतृहरि, नागेश आदिले शब्दार्थका सम्बन्धमा चर्चा गर्दै शब्द र अर्थ बिचको सम्बन्धलाई नित्य मानेका छन् । गौतम, कणाद र वात्स्यायनले भने शब्द र अर्थको कुनै सम्बन्ध नरहेको कुरामा सङ्केत गरेता पनि यास्क, त्रिमुनी, भर्तृहरि जस्ता अधिकांश पूर्वीय आर्चायहरू शब्द र अर्थको सम्बन्ध अनित्य नभई नित्य हो भन्ने निष्कर्ष निकालिएको छ । यस क्षेत्रमा केही अध्ययन भए तापनि प्रस्तुत शीर्षकमा आधारित भएर हालसम्म प्रभावकारी अध्ययन नभएकाले यसको अध्ययन गर्ने र गर्न चाहनेका लागि यस लेखले सहयोग पुर्याउने अपेक्षा रहको छ । संस्कृत भाषिक चिन्तनमा शब्द र अर्थसम्बन्धी अध्ययनहरू पाणिनी, भट्टहरि, कात्यानजस्ता आचार्यका ग्रन्थहरूमा विस्तृत रूपमा प्रतिपादित पाइन्छन् । यी अध्ययनहरूले शब्द र अर्थबिचको सम्बन्धलाई व्याकरणिक र दार्शनिक दृष्टिले स्पष्ट पारेका छन् । तथापि अघिल्ला अनुसन्धानहरूले मुख्यतः सिद्धान्तगत व्याख्यामा सीमित रही आधुनिक भाषिक चिन्तनसँगको तुलनात्मक अध्ययनमा पर्याप्त ध्यान पाइदैन । विभिन्न आचार्यहरूका मतमतान्तरहरू विश्लेषण पाइदैन । प्रस्तुत अध्ययनमा विभिन आचार्यहरूका मतमतान्तरसहित भाषिक चिन्तनसँगको तुलनात्मक अध्ययन विश्लेषण गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 The Author(s)

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.