विद्यालयबाट प्रकाशित सूचनामा प्रयुक्त वर्णविन्यासगत त्रुटि {Orthographic Errors in Schools' Published Notice}

Authors

  • Hari Jung Shah Mid-West University, Nepal
  • Nabin Bhattarai Nepal Police School, Surkhet
  • Sharada Pande Nepal Police School, Surkhet

DOI:

https://doi.org/10.3126/shss.v1i2.87658

Keywords:

Arbitrary, Notice, Orthography, Error, Resolution

Abstract

प्रस्तुत लेख  विद्यालयबाट प्रकाशित सूचनामा भएका वर्णविन्यासगत अध्ययनमा केन्द्रित रहेको छ । गुणात्मक ढाँचा रहेको  यस अध्ययनमा वीरेन्द्रनगर सुर्खेतका विद्यालयबाट प्रकाशित सूचनालाई जनसङ्ख्याका रूपमा लिइएको छ ।  वीरेन्द्रनगरका छवटा विद्यालयका मिति २०८१ र २०८२ मा प्रकाशित  सूचना जनसङ्ख्याका रूपमा रहेकोमा सुविधाजनक नमुना छनोट विधिका माध्यमबाट प्रत्यक विद्यालयबाट प्रकाशित चार चारवटा गरी २४ वटा सूचनालाई नमुनाका रूपमा लिइएको छ ।  उक्त विद्यालयबाट प्रकाशित सूचनाबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्दा क्रमशः दीर्घसम्बन्धी प्रयोगमा ३८.७५ प्रतिशत, पदयोगमा २३.९८ प्रतिशत, ह्वस्वसम्बन्धी प्रयोगमा ११.११ प्रतिशत, पदवियोगसम्बन्धी ९.२२ प्रतिशत, ब र व सम्बन्धी ७.७८ प्रतिशत,  पञ्चम वर्णको प्रयोगसम्बन्धी ६.२७ प्रतिशत, श, ष, स सम्बन्धी १.८२ प्रतिशत र शिरबिन्दु र चन्द्रबिन्दुको प्रयोगमा १.११ प्रतिशत शब्दमा रहेको छ । सूचना तयार पार्ने व्यक्ति तथा संलग्न कर्मचारीले भाषिक ज्ञान लिनु आवश्यक देखिन्छ । नेपाली विषयका शिक्षक भए तापनि भाषा सम्पादन नगर्नु, भाषिक ज्ञानमा कमजोरी हुनु, आफ्नो पढाइको विषय नेपाली नहुनु, काम छिटै सक्नुपर्ने मानसिकता बनाउनु वा सक्नु, वर्णविन्यासगत नियमलाई ख्याल नगर्नु, भइहाल्छ नि भन्ने मानसिकताबाट सामग्री निर्माण गर्नुका कारण भाषिक त्रुटि हुने गर्दछ । शुद्ध र मानक नेपाली भाषाको सुनिश्चितताका लागि सार्वजनिक सूचनाको प्रकाशनसँगै शब्दकोश, व्याकरण तथा शैलीसम्बन्धी मार्गदर्शकहरूको प्रयोग अपरिहार्य छ । साथै भाषिक एकरूपता र सुधारका लागि तालिम, सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नु आवश्यक रहेको निष्कर्ष लेखमार्फत प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biographies

Hari Jung Shah, Mid-West University, Nepal

हरिजङ्ग शाह  मध्यपश्चिम विश्वविद्याल, सुर्खेतको नेपाली केन्द्रीय विभागअन्तर्गत उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । उहाँ हालसम्म नेपाली केन्द्रीय विभागमा विभागीय प्रमुख, नेपाली शिक्षा विषय समितिको अध्यक्षलगायत विश्वविद्यालका विभिन्न समितिमा रहेर काम गरेको अनुभव छ ।  अध्ययन, अध्यापन, अनुसन्धान, पुस्तक लेखन उहाँहरूको रुचिको क्षेत्र रहँदै आएको छ भने उहाँले विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएको छ । नेपाल खुला विश्वविद्यालबाट एमफिल सम्पन्न गरेका उपप्राध्यापक हरिजङ्ग शाह हाल उहाँ त्रिभुवन विश्वविद्याल विद्यावारिधि तहमा शोधरत हुनुहुन्छ ।

Nabin Bhattarai, Nepal Police School, Surkhet

नवीन भट्टराई नेपाल पुलिस स्कुल सुर्खेतको मावि तहको नेपाली विषय शिक्षक पदमा कार्यरत हुनुहुन्छ । अध्ययन, अध्यापन लामो अनुभव भएका उहाँले एक विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएको छ ।

Sharada Pande, Nepal Police School, Surkhet

शारदा पाण्डे नेपाल पुलिस स्कुल सुर्खेतको आधारभूत तह नेपाली विषय शिक्षक पदमा कार्यरत हुनुहुन्छ ।

Published

2025-12-21

How to Cite

Shah, H. J., Bhattarai, N., & Pande, S. (2025). विद्यालयबाट प्रकाशित सूचनामा प्रयुक्त वर्णविन्यासगत त्रुटि {Orthographic Errors in Schools’ Published Notice}. Spectrum of Humanities and Social Sciences, 1(2), 178–190. https://doi.org/10.3126/shss.v1i2.87658

Issue

Section

Articles