सैद्धान्तिक मान्यताका आधारमा पुरूष र महिलाको भाषा प्रयोगमा देखिने भिन्नता {Theoretical Perspectives of Differences in Language Use Between Male and Female}

Authors

  • Harka Bahadur Shahi Tribhuvan University, Central Department of Education, Kirtipur, Nepal
  • Birendra Kumar Budha Tribhuvan University, Dornachal Campus, Dullu Dailekh

DOI:

https://doi.org/10.3126/shss.v1i2.87659

Keywords:

लैङ्गिकता, वर्चस्वसम्बन्धी दृष्टिकोण, भिन्नताको दृष्टिकोण, निषेधको सिद्धान्त, सामाजसापेक्षता

Abstract

प्रस्तुत लेखमा पुरूष र महिलाको भाषा प्रयोगमा देखिने भिन्नताहरूको अध्ययनका लागि उपयोगी सैद्धान्तिक खाकाको अध्ययन गरिएको छ । पुरूष र महिलाको भाषा प्रयोगमा देखिने भिन्नता एक लामो समयदेखि भाषाविज्ञान र समाजशास्त्रको महत्त्वपूर्ण अध्ययन क्षेत्र रहँदै आएको छ । विशेष गरी  बोलाइका क्रममा विभिन्न सांस्कृतिक र सामाजिक सन्दर्भमा पुरूष र महिलाले भाषा प्रयोग गर्ने शैलीहरूमा स्पष्ट भिन्नता पाइन्छ । यस अनुसन्धानको मुख्य उद्देश्य पुरूष र महिलाको भाषा प्रयोगमा देखिने भिन्नताको मूल कारणहरू बुझ्नका लागि विकसित भएका प्रमुख सिद्धान्तहरू र दृष्टिकोणहरूको समीक्षात्मक विश्‍लेषण गर्नु रहेको छ । अनुसन्धानमा आलोचनात्मक समीक्षा पद्धति अपनाउँदै भाषा र लिङ्गसम्बन्धी विगतका अध्ययनहरू, सैद्धान्तिक लेखहरू र भाषिक व्यवहारमा आधारित  अध्ययनहरूलाई सन्दर्भको रूपमा प्रयोग गरिएको छ ।अध्ययन विशेष गरी भाषिक विशेषता, सामाजिक भूमिका र सञ्चार शैलीमा केन्द्रित गरिएको छ।  पुरूष र महिलाले भाषा प्रयोग गर्ने तरिका सामाजिक संरचना, सशक्तीकरणको स्तर र सन्दर्भअनुसार फरक-फरक हुन्छ। महिलाहरू प्रायः परोक्ष, विनम्र र अन्तरक्रियात्मक शैली अपनाउँछन् भने पुरूषहरू प्रत्यक्ष, आत्मकेन्द्रित र प्रभावशाली शैलीमा संवाद गर्ने गरेको पाइन्छ । यी व्यवहारहरूलाई प्रभुत्ववादी दृष्टिकोण  र भिन्नतासम्बन्धी दृष्टिकोणबाट बुझ्न सकिन्छ। भाषा र लिङ्गको अध्ययन केवल भाषिक संरचना मात्र नभई सामाजिक-सांस्कृतिक व्यवहारसँग पनि गहिरोसँग सम्बन्धित छ। यसले भविष्यमा भाषा, लिङ्ग र शक्तिसम्बन्धी अन्तरसम्बन्धहरूको अझ गहिरो विश्‍लेषण गर्न मार्ग तयार पारेको छ,  यो अध्ययन विशेष भाषिक समुदायमा आधारित भाषिक  व्यावहारिक अनुसन्धान गर्ने अनुसन्धाताका लागि उपयोगी देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biographies

Harka Bahadur Shahi, Tribhuvan University, Central Department of Education, Kirtipur, Nepal

हर्कबहादुर शाही त्रिभुवन विश्वविद्यालय नेपाली शिक्षा विषयका सहप्राध्याक हुन् । उनले अछामी भाषाको अध्ययनमा विद्यावारिधि गरेका छन् । उनी २२ वर्षसम्म शिक्षण पेशामा संलग्न भएर हाल त्रिवि अनुसन्धान निर्देशनालयमा त्रिवि जर्नलको व्यवस्थापकीय सम्पादकको रूपमा कार्यरत छन् । भाषाका क्षेत्रमा योगदान पुर्‍याएबापत २०७० सालमा उनलाई क्षेत्रीय प्रतिभा पुरस्कार (सुदूर पश्‍चिम) प्रदान गरिएको थियो । हाल उनका भाषा, व्याकरण, भाषा शिक्षण लगायत ११ वटाभन्दा बढी प्रकाशित कृतिहरू र ४० भन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित छन् ।

Birendra Kumar Budha, Tribhuvan University, Dornachal Campus, Dullu Dailekh

वीरेन्द्रकुमार बुढा त्रिभुवन विश्वविद्यालय द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेखका नेपाली शिक्षा विषयका उपप्राध्यापक हुन् । उनी नेपाल खुला विश्विद्यालयबाट नेपाली शिक्षा विषयमा एमफिल उपाधि प्राप्त गरी हाल त्रिभुवन विश्वविद्यालयमा पिएचडी अनुसन्धानरत छन् । उनले भाषा र पाठ्यपुस्तका क्षेत्रमा पुस्तक प्रकाशन गर्नुका साथै अनुसन्धानमूलक लेख र पत्रपत्रिकामा लेख प्रकाशित गरेका छन् ।

Published

2025-12-21

How to Cite

Shahi, H. B., & Budha, B. K. (2025). सैद्धान्तिक मान्यताका आधारमा पुरूष र महिलाको भाषा प्रयोगमा देखिने भिन्नता {Theoretical Perspectives of Differences in Language Use Between Male and Female}. Spectrum of Humanities and Social Sciences, 1(2), 191–199. https://doi.org/10.3126/shss.v1i2.87659

Issue

Section

Articles