अभिलिखित लिच्छविकालीन मूर्ति विष्णुविक्रान्त : विश्लेषणात्मक विमर्श [Recorded Licchavikalin idol Vishnuvikranta: Analytical analysis]

Authors

  • ओम Om खत्री Khatri Lalitkala Campus, TU

Keywords:

वैष्णव दर्शन, स्मारकीय विशेषता

Abstract

विष्णुविक्रान्त मूर्तिहरू वैष्णव दर्शनमा आधारित विभव अर्थात् अवतारका उद्भृत (रिलिफ) मूर्तिहरू हुन् ।
यी मूर्ति लिच्छविकालीन अभिलेखमा उत्कीर्णित स्मारकीय विशेषता भएका मूर्ति रचनामध्ये हालसम्म प्राप्य
सर्वाधिक प्राचीन मूर्तिका रूपमा चिनिन्छन् । यस लेखमा एउटै कालमा रचित दुई ओटा मूर्ति रचनाबिच
दृश्यमान कला पक्ष र आख्यानको संयोजनलाई विश्लेषणात्मक विमर्श गर्ने प्रयास गरिएको छ ।
श्रीमद्भागवत महापुराण, विष्णुधर्मोत्तर पुराण र मत्स्य पुराणलगायतका धार्मिक ग्रन्थहरूमा उल्लिखित
बलिहरण कथाका आधारमा यी मूर्तिहरू रचना गरिएका छन्। यी मूर्ति लोक कल्याणहेतु विष्णुले धारण
गरेका विभिन्न अवतारका प्रकरणमध्ये वामन अवतारको प्रसङ्गमा आधारित रहेका छन्। संवत् ३८९ को
राजा मानदेवको अभिलेखसहितका यी मूर्तिले ऐतिहासिक एवम् धार्मिक महŒव बोकेका छन्। एउटा मूर्ति
तिलगङ्गा पशुपतिमा रहेको छ भने अर्को लाजिम्पाट धोबीचौरमा स्थापना गरिएको र हाल राष्ट्रिय
सङ्ग्रहालयको सङ्कलनमा रहेको छ। एउटै तिथिमितिका र एउटै विषयवस्तुमा आधारित रहे तापनि
शिल्पगत पक्षका दृष्टिले उल्लिखित मूर्तिहरूमा केही पृथकता दृष्टिगोचर हुन्छ ।

Abstract
314
PDF
0

Downloads

Published

2021-09-16

How to Cite

अभिलिखित लिच्छविकालीन मूर्ति विष्णुविक्रान्त : विश्लेषणात्मक विमर्श [Recorded Licchavikalin idol Vishnuvikranta: Analytical analysis]. (2021). SIRJANĀ – A Journal Of Arts and Art Education, 6(1), 88-99. https://doi.org/10.3126/sirjana.v6i1.39790

Issue

Section

Articles

How to Cite

अभिलिखित लिच्छविकालीन मूर्ति विष्णुविक्रान्त : विश्लेषणात्मक विमर्श [Recorded Licchavikalin idol Vishnuvikranta: Analytical analysis]. (2021). SIRJANĀ – A Journal Of Arts and Art Education, 6(1), 88-99. https://doi.org/10.3126/sirjana.v6i1.39790